विकासको मूल प्रवाहमा पछि परेको छ, सुन्दर सुदूरपश्चिम अभियानमा योगदान गरौँ : मन्त्री बडू | Khabarhub Khabarhub

विकासको मूल प्रवाहमा पछि परेको छ, सुन्दर सुदूरपश्चिम अभियानमा योगदान गरौँ : मन्त्री बडू


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिमको सर्वाङ्गीण विकास गरी यस क्षेत्रलाई सुन्दर बनाउन सबैले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सुदूरपश्चिम सरोकार मञ्चको ११औँ साधारणसभाको अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा मन्त्री बडुले विकास निरन्तर प्रक्रिया भएको तर यसमा कति गति दिइयो भन्ने कुरा महत्वपूर्ण हुने बताए । सुप विकासको मूल प्रवाहमा पछि परेको उल्लेख गर्दै उनले भने, “यस क्षेत्रबाट राज्य सञ्चालनको प्रमुख भूमिका हिजो पनि थियो र आज पनि छ, विकास निर्माणमा धेरै काम पनि भएका छन्, तर त्यो पर्याप्त होइन ।”

प्रजातन्त्रको पुनःस्थापनापछि सुदूरपश्चिम क्षेत्रमा तुलनात्मक बढी विकास भएको तथ्य उल्लेख गर्दै मन्त्री बडूले अझै गर्नुपर्ने पूर्वाधार विकास निर्माणका काम धेरै भएको बताए । कञ्चनपुरको सिमानामा बन्ने सुक्खा बन्दरगाहको महत्वका बारेमा जानकारी गराउँदै उनले यसले व्यापारमा सुविधा बढाउने र लागत घटाउने बताए । उनले योजना र बजेटमात्र भएर नहुने बताउँदै पूँजीगत खर्च गर्न नसकिए उद्देश्य हासिल नहुने बताए।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री भीम रावलले अहिलेको बजेटमा धार्मिक र पुरातात्विक महत्वका गन्तव्यलाई पर्यटनसँग जोड्ने राम्रा कार्यक्रम भए पनि सुदूरपश्चिम प्रदेशका त्यस्ता क्षेत्रलाई उचित मात्रामा उल्लेख नगरिनु दुःखद भएको बताए । उनले त्यस्ता कार्यक्रममा विशेषगरी खप्तड क्षेत्र छुटेको उल्लेख गर्दै बजेटमा समेट्न सरकारसँग आग्रह गरे ।

पछाडि परेका सुदूरपश्चिम र कर्णाली प्रदेशको विकास र समृद्धिका लागि पश्चिम सेती र माथिल्लो कर्णाली जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउनुपर्ने उनको सुझाव थियो । विकास निर्माणका हरेक कार्य पूर्वबाट प्रारम्भ हुने गरेकामा आगामी दिनमा सुदूरपश्चिमबाट प्रारम्भ गर्नुपर्ने उनको भनाइ थियो ।

पूर्वमन्त्री एनपी साउँदले सुदूरपश्चिम विकासका सन्दर्भमा पछाडि परेको उल्लेख गर्दै प्रजातन्त्रको पुनःस्थापनापछि ढिलै भए पनि सडक सञ्जालको विकास भएको र शिक्षा, स्वास्थ्य सिँचाइलगायत क्षेत्रमा प्रगति भएको बताए । यस क्षेत्रका धार्मिक र ऐतिहासिक महत्वका गन्तव्य धेरै भए पनि अपेक्षित सङ्ख्यामा पर्यटन भित्र्याउन नसकिएको उनको भनाइ थियो ।

सुदूरपश्चिमको विकास र समृद्धिका लागि केही कठिनाइ र चुनौती भए पनि सबैको प्रयत्नबाट त्यो सहजै सम्भव हुने उनले बताए ।

कार्यक्रममा पूर्वमन्त्री गणेश ठगुन्ना, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, मञ्चका संस्थापक अध्यक्ष एवं नेपाल प्रहरीका पूर्व आइजिपी मोतिलाल बोहरा, मञ्चका अध्यक्ष विष्णुप्रसाद खत्रीलगायतले सुदूरपश्चिमको अवस्थाबारे चित्रण गर्दै विकासका लागि आफ्ना सुझाव दिएका थिए। कार्यक्रममा प्रधानमन्त्री देउवाले मञ्चका सल्लाहकार शिवराज श्रेष्ठ मल्ललाई अभिनन्दनपत्रले सम्मान गरेका थिए ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ८ : ३५ बजे

रौतहटको चन्द्रनिगाहपुरमा बस दुर्घटना, १० जना घाइते

चन्द्रपुर– पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस दुर्घटना

सचिवालयको दाबी- ठेक्का तोडिएपछि कान्छाराम उपप्रधानमन्त्रीमाथि खनिए

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहको सचिवालयले नेपाली कांग्रेसका

बाँदर आतंक न्यूनीकरण गर्न ‘बाँदर बगैँचा’ निर्माण

ढोरपाटन – बागलुङको जैमिनी नगरपालिकाले बाँदर आतंक न्यूनीकरण गर्न ‘बाँदर

रास्वपा सांसद नेपालीको आरोप- मानव तस्करीलाई कांग्रेस-एमाले नै मलजल गर्न लागेका छन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले मानव

देशमा आर्थिक विकास गर्न सुशासन पहिलो शर्त हो- उपसभापति वाग्ले

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ