तीन चिनियाँ अन्तरिक्षयात्रीले पृथ्वी छाडे « Khabarhub

तीन चिनियाँ अन्तरिक्षयात्रीले पृथ्वी छाडे


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले अन्तरिक्षमा तीन अन्तरिक्षयात्री प्रक्षेपण गरेको छ । चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रबाट छाङ चङ २ एफ १४ नामक रकेटले शन चौ–१४ मानव अन्तरिक्ष यान प्रक्षेपण गरेको चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजनाको कार्यालयले जनाएको छ ।

सो प्रक्षेपणपछिको ५७७ सेकण्डमा शन चौ–१४ अन्तरिक्ष यान छाङ चङ रकेटबाट छुटिएर निर्धारित क्षेत्रमा बसेको दाबी गरिएको छ ।

अन्तीक्षयात्रामा रहेका सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेको अन्तरिक्ष कार्य परियोजनाले जनाएको छ । परियोजनाले यो प्रक्षेपण चीनको अन्तरिक्ष यात्राको अर्को सफलता रहेको जनाएको छ ।

चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजना शुरू भएदेखि यो २३औं अन्तरिक्ष यान प्रक्षेपण हो । साथै अन्तरिक्ष स्टेशन निर्माण क्रममा मानव बोक्ने अन्तरिक्ष यानको प्रक्षेपण गरिएको यो तेस्रो हो ।

यस पटकको प्रक्षेपणपछि अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष स्टेशनको थान ह नामक केन्द्रीय केबिनमा प्रवेश गर्ने र त्यहाँ आगामी ६ महिनासम्म बस्ने योजना रहेको छ । यी अन्तरिक्ष यात्रीहरू चेन डोङ, लिउ याङ र काई सुझे,ले चीनको अन्तरिक्ष स्टेशनको मर्मतसम्भार गर्ने साथै वैज्ञानिक अध्ययन गर्ने योजना पनि रहेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ८ : ४२ बजे

सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड बढीको क्षति

खोटाङ– यहाँको साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड

नयाँ उम्मेदवारको खोजीमा काठमाडौं, कांग्रेस रक्षात्मक, कम्युनिस्टको छैन लहर

काठमाडौं– देशको सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला काठमाडौंमा विगतका

एनसेल-फुडमाण्डु साझेदारी : ल्याए खानाका परिकारमा १५० को छुट अफर

काठमाडौं- एनसेलले फुडमाण्डुसँग साझेदारी गर्दै नयाँ अफर सुरु गरेको छ ।

एमाले सधैँ देश निर्माण गर्ने शक्ति हो : नेता पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा  काठमाडौं क्षेत्र नम्बर