चिरिबाबुले नाक काट्ने प्रसङ्ग निकालेपछि नेताहरुको जवाफ | Khabarhub Khabarhub

चिरिबाबुले नाक काट्ने प्रसङ्ग निकालेपछि नेताहरुको जवाफ


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा नाक काट्ने प्रसङ्ग झिकेपछि पार्टीभित्रको घात–अन्तर्घातको आरोप प्रत्यारोपसँगै विवाद सतहमा देखिएको छ ।

नवनिर्वाचित मेयर महर्जनले आफूले स्थानीय निर्वाचनमा टिकट पाउने सन्दर्भमा पार्टीभित्रबाटै टिकट ल्याएर देखाए आफूले नाक काट्ने उद्घोष गरेको खुलासा गरे । उनले भने, ‘फेरि आफूले टिकट पाएपछि पार्टीका साथी जितेको खण्डमा नाक काट्ने भन्दै हिँडेका थिए । अहिले कसरी सास फेर्लान् । सिँगान कसरी पुछ्लान् ।’

उनले पार्टीको स्कूलिङ कमजोर भएको बताउँदै नाक काट्छु भन्दै हिँड्ने नेताले आफूलाई भोट दिए त? भन्दै प्रश्न उठाए । जिल्ला नेतृत्वको गलत निर्णयका कारण मेयर महर्जनले आफूसँगै ११ जना वडाध्यक्षले जितेको भन्दै टिकट वितरणमा गढबढी भएको बताए । उनले भने, ‘मैले भनेअनुसार टिकट वितरण नहुँदा कार्यपालिकामा बहुमत भएन ।’

कांग्रेस जिल्ला सभापति जितेन्द्र श्रेष्ठले आफूले टिकट वितरणमा कुनै गढबडी नगरेको मञ्चबाटै जवाफ फर्काए । आफूले टिकट वितरणमा पैसा नखाएको स्पष्टीकरण दिँदै श्रेष्ठले भने, ‘कांग्रेसले जिल्लामा लज्जास्पद हार व्यहोरेको भए मैले राजीनामा दिन्थेँ। जिल्लामा ६९ वटा उम्मेदवारी परेको वडामा ३८ वटामा जीत भएको छ । यो सफलतालाई हेरेर धन्यवाद भन्नु पर्दैन ।’

केन्द्रीय सदस्य तथा ललितपुरका नेता उदयशमशेर राणाले दक्षिण ललितपुरको बागमती र महाँकाल गाँउपालिकामा राम्रो टिमका साथ काम गरेका कारण लगभग क्लिन स्विप गरेको बताउँदै महानगरले यहाँबाट सिक्नुपर्ने बताए । मेयर चिरिबाबु महर्जनलाई जवाफ दिँदै उनले भने, टिकट दिँदा हस्तक्षेप भएको छैन । जिते आफूले गर्दा जितेको हारेको ठाँउ अरुले बिगारेको नभनौं ।

उनले नाक काटेको वा नकाटेको कुरामा गएर विवाद निकाले पार्टीलाई कुनै फाइदा नहुने बताए ।

केन्द्रीय सदस्य उर्मिला केसीले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको र गणेशमान सिंह रुँदै हिँडेको प्रसङ्ग निकाल्दै जिल्लाको विवाद सामान्य रहेको बताइन् ।

जिल्ला नेतृत्वले टिकट दिँदा विधान लत्याएर केन्द्रीय सदस्यहरुलाई उपस्थित गराएर निर्णय गराउनुपर्नेमा आफूसँग कसैले नसोधेको बताइन् । उनले भनिन्, ‘मलाई पार्टीभित्रका साथीहरुले मेरो हैसियत नभएको बताउने गरेका छन् ।’ पार्टीभित्र निषेधको राजनीति नगर्न चेतावनी दिँदै केसीले भनिन्, ‘निषेधले पार्टीमा द्वन्द्व निम्त्याउँछ । द्वन्द्वले कमजोर भइन्छ ।’

केन्द्रीय सदस्य जितजंग बस्नेतले नेपाली कांग्रेसमा धेरै अनुशासनहीन काम भएको बताए । उनले मेयर महर्जनको भनाइप्रति लक्षित गर्दै भने, ‘यहाँ जसले जे बोले पनि हुन्छ ।’ पार्टीका उपसभापति पूर्णबहादुर खड्काले छिट्टै पार्टीको समीक्षा बैठक राख्न जिल्ला अध्यक्ष जितेन्द्र श्रेष्ठलाई निर्देशन दिँदै भने, ‘समीक्षा बैठकमा पार्टीका ठूला नेता के भन्ला भनेर नसोच्नुस् तर सबै कुरा खुलस्त राख्नुस् ।’

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ९ : ४९ बजे

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका