लण्डनमा पुटिनका आलोचकलाई विष खुवाएर मारेको अभियोग लागेका रूसी जासुसको मृत्यु « Khabarhub

लण्डनमा पुटिनका आलोचकलाई विष खुवाएर मारेको अभियोग लागेका रूसी जासुसको मृत्यु


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २००६ मा लन्डनमा रूसका पूर्व जासुस एवम् रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अलेक्ज्याण्डर लिट्भिनेन्कोलाई विष खुवाएर मारेको अभियोग लागेका रूसी जासुस दिमित्री कोभटुनको ५७ वर्षको उमेरमा मृत्यु भएको छ ।

बेलायतका अधिकारीहरूका अनुसार लिट्भिनेन्कोको हत्याको आरोप लगाएका रूसी सांसद आन्द्रेई लुगोभोईले कोभटुनको मस्कोको एक अस्पतालमा मृत्यु भएको बताएका हुन् । उनलाई कोभिड १९ रोग देखिएको बताइएको छ ।

कोभटुन र लुगोवोईले लिट्भिनेन्कोको हत्या गरेको र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यसलाई अनुमोदन गरेको निष्कर्ष बेलायती अनुसन्धानले निकालेको छ । त्यस्तै, मानव अधिकारसम्बन्धी युरोपेली अदालतले पनि बेलायती निष्कर्षको समर्थन गरेको छ । यद्यपि क्रेमलिनले आफ्नो संलग्नताको अस्वीकार गरेको छ ।

केजीबी र उसको उत्तराधिकारी एजेन्सी एफएसबीका पूर्व एजेन्ट लिटभिनेन्को सन् २००० मा रूसबाट भागेर लण्डन पुगेका थिए । उनले रूसी गुप्तचर सेवामा व्याप्त भ्रष्टाचार र सङ्गठित अपराधसँगको सम्बन्धको पर्दाफास गरेका थिए ।

नोभेम्बर २००६ मा लण्न्डनको एक होटलमा दुई रूसी पुरुषहरूसँग चिया पिएपछि नराम्ररी बिरामी भएका उनको तीनहप्ता पछि मृत्यु भएको थियो । उनले पिएको चियामा रेडियोएक्टिभ पोलोनियम–२१० मिसाइएको पाइएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  १० : ११ बजे

वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख