राजसंस्थाले जनताका पक्षमा कुनै काम गरेन, अब अब पुनःस्थापना हुँदैन: कमल थापा « Khabarhub

राजसंस्थाले जनताका पक्षमा कुनै काम गरेन, अब अब पुनःस्थापना हुँदैन: कमल थापा


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले लोकतन्त्रको सुदृढीकरण र राष्ट्रियताको संवर्धन गर्नु पार्टीको मुख्य एजेन्डा भएको बताएका छन् ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सनातन हिन्दू राष्ट्र, पूर्ण धार्मिक स्वतन्त्रता र उदार आर्थिक अर्थतन्त्रको नीति राप्रपा नेपालको रहेको बताए ।

उनले मुलुकले असंलग्न परराष्ट्र नीति अवलम्बन गरी अन्तर्राष्ट्रिय सम्बन्ध बढाउनुपर्नेमा जोड दिँदै दुई छिमेकी मुलुकको आर्थिक समृद्धिबाट लाभ लिन उनीहरुको चासो र चिन्तालाई सम्बोधन गर्नुपर्ने बताए ।

अध्यक्ष थापाले मुलुकमा मौलिक प्रजातन्त्रको विकास गर्नुपर्ने चर्चा गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, संसद्बाट निर्वाचित राष्ट्रपति र सुदृढ स्थानीय पालिका हुनुपर्ने धारणा राखे । एक प्रश्नको जवाफमा उनले राजसंस्थाले जनताको पक्षमा केही कार्य नगरेकाले मुलुकमा अब राजसंस्था पुनःस्थापना नहुने बताए ।

अध्यक्ष थापाले आगामी प्रदेश र संसदीय निर्वाचनमा विभिन्न दलहरुसँग सहकार्य गर्न पार्टी खुल्ला रहेको बताए । राजनीतिमा असम्भव भने नहुने हुनाले राप्रपाले राजसंस्था हेर्ने दृष्टिकोण परिवर्तन गरेमा सहकार्य हुन सक्ने धारणा उनले व्यक्त गरे ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  १० : २४ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका