भैरहवा बस दुर्घटना : ८ जनाको सनाखत, एकै परिवारका ५ जनाको मृत्यु | Khabarhub Khabarhub

भैरहवा बस दुर्घटना : ८ जनाको सनाखत, एकै परिवारका ५ जनाको मृत्यु


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रुपन्देहीको रोहिणी खोलामा बस पल्टिँदा मृतकमध्ये एक जनाको पहिचान अझै खुल्न सकेको छैन । जनकपुरबाट भैरहवा आउँदै गरेको यात्रुवाहक बस भैरहवा–परासी सडक खण्डअन्तर्गत रोहिणी पुलबाट आज आइतबार बिहान करीब साढे ४ बजे खोलामा खसेको थियो ।

खोलामा खसेका ३२ जनामध्ये ९ जनाको ज्यान गएको छ । २ जना बालक, ६ जना महिलासहित ३२ जना सवार बस दुर्घटनामा पर्दा एक महिलासहित ९ जनाको मृत्यु भएको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए ।

लु२ख ३८४१ नम्बरको यात्रुवाहक बस सवारमध्ये ९ जनाको मृत्यु भए पनि समाचार तयार पार्दासम्म एक जनाको पहिचान खुलेको छैन ।

ट्राफिक प्रहरी प्रमुख केसीका अनुसार मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का ६५ वर्षीया राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षीया तुलसी बस्याल, तिलोत्तमा–२, योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चन्द्रनिगहपुरका २० वर्षीय दिनेश दास, बुटवल उपमहानगरपालिका–११ कालिकानगरका ४८ वर्षीया कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका–६ आदर्शनगर बस्ने ४० वर्षीया अरविन्द शर्मा, अरविन्द्रका बुवा ५० वर्षीया नागेन्द्र शर्मा र सितामणि भारतका ४५ वर्षीया सञ्जय गुप्ता रहेका छन् ।

मृत्यु भएका एक जना पुरुष अन्दाजी ३०–३५ वर्षको सनाखत हुन बाँकी छ ।

यात्रुमध्ये ४ जनाको भीम अस्पतालमा र ५ जना युसिएमएस मेडिकलमा मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ । चालक, सहचालकसहित घाइते यात्रुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये दर्जन बढीको अवस्था गम्भीर र अन्य यात्रुको अवस्था मध्यम रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

बाबु छोराको मृत्यु , एकै परिवारका ५ जना

बस दुर्घटनामा परी बाबु छोराको मृत्यु भएको छ । एकै परिवारका पाँच जना सवार बसमा अन्य तीन जना भने घाइते भएका छन् । दुर्घटनामा ५० वर्षीया बुवा नागेन्द्र शर्मा र छोरा ४० वर्षीया अरविन्द्रको मृत्यु भएको छ ।

अरविन्द्रको श्रीमती सीता, छोरी ५ वर्षीया संदीपा र छोरा ४ वर्षीया यश शर्माको उपचार भइरहेको छ । सीताको इमरजेन्सी कक्षको स्पेसल केयर युनिटमा उपचार भइरहेको छ भने संदीपा र यशको इमरजेन्सीको सामान्य कक्षमा उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । उनीहरू पाँचै जना जनकपुरमा रहेको घरमा विवाहका लागि गएका थिए ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ११ : ०३ बजे

प्रधानमन्त्री भेट्दा मिस्रीको बसाइको आसन भाइरल, अरूसँग कसरी भेटे ? (तस्बिरहरू)

काठमाडौं– भारतीय विदेशी सचिव विक्रम मिस्री यतिबेला काठमाडौंमा राजनीतिक भेटघाटको

चाडपर्वको पूर्व सन्ध्यामा सडक यातायात र पूर्वाधारमा सुधार गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वको पूर्व सन्ध्यामा सडक

फर्स्याइला भरत, ठट्टेउला मुन्धुमविद्

भरत तुङघङ र मेरो पहिलो प्रत्यक्ष भेटघाट संयोगले भएको थियो,

माइलस्टोनमा गृह मन्त्रालय सर्वोत्कृष्ट : लेखकको नेतृत्वमा पाँच वर्षयताकै प्रगति उच्च

काठमाडौं– नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोनमा

पोखरामा बीवाईडीको नयाँ शोरूम र सिलायन ७ को शुभारम्भ

पोखरा– नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स