जब केपी ओलीले ११ वर्षअघि प्रधानमन्त्री झलनाथ खनालको राजीनामा मागेका थिए | Khabarhub Khabarhub

जब केपी ओलीले ११ वर्षअघि प्रधानमन्त्री झलनाथ खनालको राजीनामा मागेका थिए


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि अनुशासनको कारवाही सिफारिसले पार्टीभित्र तरंग ल्याएको छ । पार्टी अध्यक्षका विरुद्ध बोलेको भन्दै पार्टीको अनुशासन आयोगले उनलाई कारवाहीको सिफारिस गरेको हो ।

घनश्यामले स्थानीय तह निर्वाचनमा पार्टीले पराजय भोग्नुको कारण अध्यक्ष केपी ओली भएको बताएका थिए । सोही आधारमा उनले राजनीनामा दिनुपर्ने उनको माग थियो ।

घनश्यामले अध्यक्ष ओलीको राजीनामा माग गरेपछि ओलीले अनुशासन आयोगमार्फत उनलाई कारवाही गर्न निर्देशन दिएका थिए । सोही आधारमा केशव बडाल अध्यक्ष रहेको अनुशासन आयोगले उनलाई कारवाही सिफारिस गरेको हो ।

अब बस्ने सचिवालय बैठकले उनीमाथिको कारवाहीको विषयमा निर्णय गर्नेछ । १९ सदस्यीय सचिवालयको बहुमत सदस्यले उनीमाथिको कारवाही सदर गर्नुपर्ने हुन्छ ।

आफुविरुद्ध अभिव्यक्ति दिएकोमा आक्रोशित बनेका अध्यक्ष ओलीले आजभन्दा ११ वर्षअघिको अभिव्यक्ति स्मरण गर्न सकिन्छ । त्यो बेला उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालको राजीनामा माग गरेका थिए । तत्कालीन वरिष्ठ नेतासमेत रहेका ओलीले सार्वजनिक अभिव्यक्ति मार्फत नै खनालको राजीनामा माग गरेका थिए ।

‘असफल भइसकेको यो सरकार फेरि कायम राखिराख्नुको कुनै अर्थ छैन । त्यसकारण यस सरकारलाई धन्यवादसहित तीन महिना खेर फालेता पनि, तीन महिना सरकार नामको चिज/चिडिया यस हाँगामा बस्यो, जे रस खाए खायो, नखाए नखायो, धन्यवाद छ अब कुर्सी खाली गर,’ ओलीले भनेका थिए ।

ओली यत्तिकैमा रोकिएनन् । उनले भनेका थिए, ‘राष्ट्रिय सहमतिका लागि बाटो छोड र शान्ति र संविधानको रड, आफैंले हिजो लगाएको रड आफैंले हिजो बजाएको सारंगी, आफैंले हिजो बजाएको एकतारे सम्झ । राजीनामा गरेर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर ।’

देशलाई एउटा व्यक्ति हेरेर देशलाई जहाँसुकै जाओस् भन्न नसकिने उनको भनाइ थियो । उनले तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकारको लागि मार्ग प्रशस्त गर्न माग गरेका थिए ।

‘राष्ट्रिय सहमति निर्माण गर्नै पर्दछ । एमाले, माओवादी, कांग्रेस, मधेशवादी दलहरू सरकारमा सामेल हुनसक्ने स्थिति निर्माण गर्नुपर्दछ,’ ओलीको भनाइ थियो ।

आजभन्दा ११ वर्ष अघि आफ्नै पार्टीको सरकारविरुद्ध लागेका ओलीले अहिले भने आफूविरुद्ध बोल्ने घनश्याममाथि कडा कदम चाल्न लागेका छन् ।

ओली, पार्टी र चुनावबारे घनश्यामले के भनेका थिए ?

एक टेलिभिजनमा बोल्दै घनश्यामले नेकपा एमाले भनेको ओली, ओली भनेको नेकपा एमाले दुवै असफल भएको बताएका थिए । नेतृत्वले अझ बर्बाद पार्न खोजेको तर, जनताले इतिहासको मूल्यांकन गरिसकेको बताएका थिए ।

‘आज हामीले जुन मत प्राप्त गरेका छौँ, त्यो पार्टी चलाउने, चुनाव चलाउने शैलीको भोट होइन । एमालेले इतिहासमा गरेको, लडेको, कार्यकर्ताले रगत–पसिना बगाएर गरेको योगदानको मत हो ,’ घनश्यामले भनेका थिए ।

उनले चितवनको सौराहमा सम्पन्न १० औं महाधिवेशनलाई सौराहा काण्डको संज्ञा दिएका थिए ।

‘म सौराहा काण्ड भन्छु । जुन परम्पराबाट एमाले बनेको थियो, त्यस विपरीत गएर एकजनालाई सर्वाधिकार दिने, उसले लिस्ट पढ्ने, त्यसलाई सबैले मान्नुपर्ने, त्यसलाई महाधिवेशन भन्नुपर्ने, सार्वभौमसत्तासम्पन्न प्रतिनिधि भन्नुपर्ने, चुनावको नाटक मञ्चन हुने अनि त्यसमा अन्तिममा फलानो–फलानोलाई भोट नदेऊ भनेर अध्यक्षले लिस्ट जारी गर्ने । जिल्ला अधिवेशनहरू पनि जसरी भए, उम्मेदवार जसरी तय भए यी सबै घटनालाई हेर्दा संक्षेपमा के भन्छु भने कमरेड ओलीको प्रयोग असफल भयो भन्ने कुरा अब हन्ड्रेड प्रसेन्ट (शतप्रतिशत) देखिएको छ ,’ उनले भनेका थिए ।

यही तरिका हो भने आफूहरू भिरको नजिक नजिक रहेको उनले जनाएका थिए । घनश्यामको उक्त अभिव्यक्तिपछि अनुशासन आयोगले कारवाही सिफारिस गरेको हो ।

कारवाही सिफारिस गरिएपछि पार्टीभित्र नै विरोध सुरू भइसकेको छ । एमाले सचिव योगेश भट्टराईले आवेग र उत्तेजनाले कसैलाई पनि सही ठाउँमा नपुर्‍याउने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत भुसालमाथि कारवाहीको विषयमा आफ्नो धारणा व्यक्त गर्दै उनले सबै संयम हुनुपर्नेमा जोड दिएका छन् ।

यता भुसालले पार्टीभित्रका सम्पूर्ण गलत कामको छानविन गरिनुपर्ने माग राखेका छन् । पार्टी बिगार्ने काम अध्यक्ष ओलीले गरेको भन्दै उनीमाथि छानविन हुनुपर्ने माग उनकाे छ । आफ्नो अडानबाट पछि नहट्ने भन्दै एमाले पार्टी बचाउन आफू गलतका विरुद्ध बोल्ने बताएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ११ : ३१ बजे

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका