गायक सञ्जय श्रेष्ठले काठमाडौँ–६ बाट प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिने « Khabarhub

गायक सञ्जय श्रेष्ठले काठमाडौँ–६ बाट प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिने


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी मंसिरमा हुने संसदीय चुनावमा गायक सञ्जय श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले काठमाडौँ- ६ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । श्रेष्ठले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चुनाव लड्ने तर पार्टीले टिकट दिन नसके स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने बताएका छन् ।

उनले भनेका छन्, ‘मेरो पार्टीले मलाई टिकट दिए पनि नदिए पनि मैले आउँदो मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने निर्णय गरेको छु। बाँकी तपाईंहरूको साथ र विश्वास ।’

गायक श्रेष्ठले यसअघि वि.सं. २०७० को संविधानसभाको चुनावमा राप्रपा नेपालका तर्फबाट चुनाव लडेका थिए । त्यतिबेला धेरै मत ल्याउन नसकेका उनी राजनीतिमा खासै सक्रिय थिएनन् ।

उनलाई गत मंसिरमा राजेन्द्र लिङ्देनले राप्रपा प्रवेश गराएका थिए । उनको ‘माया मेरी माया’ बोलको गीत लोकप्रिय छ । पछिल्लो समय भने उनी स‍ंगीतमार्फत खासै चर्चामा छैनन् ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ११ : ४१ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका