प्रथम महिला फुटसलको उपाधि एक्स गोर्खालाई « Khabarhub

प्रथम महिला फुटसलको उपाधि एक्स गोर्खालाई


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ -लमजुङमा पहिलो पटक आयोजना गरिएको प्रथम महिला फुटसलको उपाधि एक्स गोर्खा कास्कीले जितेको छ ।

फाइनल खेलमा मिनाङ लाङ्घाली बेसीसहर नगरपालिका २ लाई ३–० गोलले हराउँदै एक्स गोर्खाले उपाधि जितेको हो । उपाधिसहित उसले ३० हजार  नगद पाएको छ ।

उपविजेता मिनाङ लाङघाली बेसीसहरले १५ हजार प्राप्त गर्‍यो ।  प्रतियोगितामा उत्कृष्ट किप्पर एक्स गोर्खाकी झरना राई, सर्वाधिक गोलकर्ता मिनाङ लाङ्घालीकी सम्झना शर्मा र उत्कृष्ट खेलाडी बाघेताकी मनिषा थापामगर घोषित भए। उनीहरूले जनही एक हजार पुरस्कार पाएको आयोजक लमजुङ फुटसलका सञ्चालक केशबहादुर रानाले बताए ।

प्रतियोगितामा लमजुङसहित काठमाडौँ, कास्की र तनहुँका गरी ८ टिमको सहभागिता रहेको थियो । ‘हाम्रो गोल–महिला हिंसा विरुद्धको बोल’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ९ : ०० बजे

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

राजेन्द्र बजगाईंले त्यागे कांग्रेस 

काठमाडौं– पूर्वसांसद समेत रहेका राजेन्द्र बजगाईं (राज) ले नेपाली कांग्रेस

बालबालिकासम्बन्धी ऐन संशोधन गर्दा कार्यान्वयनमुखी बनाउनुपर्ने सुझाव

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकासम्बन्धी ऐन, २०७५