अर्घाखाँची खेलकुद समितिको अध्यक्षमा क्षत्री नियुक्त « Khabarhub

अर्घाखाँची खेलकुद समितिको अध्यक्षमा क्षत्री नियुक्त


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा नेपाली कांग्रेसका नेता विष्णु क्षत्री नियुक्त भएका छन्  ।

प्रदेश खेलकुद विकास समिति लुम्बिनीले क्षत्रीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरी  २० गते नियुक्ति प्रदान गरेको हो ।

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले असार १९ गतेको निर्णयअनुसार २० गतेदेखि नै सक्रिय बन्ने गरी नयाँ समितिलाई अख्तियारी प्रदान गरेका हुन् ।

अध्यक्षको जिम्मेवारी पाएका क्षत्री नेपाली कांग्रेस अर्घाखाँचीका कोषाध्यक्ष हुन भने उपाध्यक्षमा एकीकृत समाजवादीका नेता पिताम्वर खनाल र कोषाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेम आले नियुक्त भएका छन् ।

त्यस्तै,सदस्यहरूमा लक्ष्मण पाण्डे, सीता भुसाल, गणेश भुसाल, सञ्जय पाण्डे, रेमकला खत्री र कृष्ण भुसाल नियुक्त भएका हुन् ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ९ : ०४ बजे

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

राजेन्द्र बजगाईंले त्यागे कांग्रेस 

काठमाडौं– पूर्वसांसद समेत रहेका राजेन्द्र बजगाईं (राज) ले नेपाली कांग्रेस

बालबालिकासम्बन्धी ऐन संशोधन गर्दा कार्यान्वयनमुखी बनाउनुपर्ने सुझाव

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकासम्बन्धी ऐन, २०७५

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं– नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने

छानो बिग्रिएपछि मर्मत गरिँदै भैरवको रथ : नौ दिनसम्म बिस्केट जात्रा मनाइने

भक्तपुर– विश्वनाथ भैरवको रथको अगाडि रहेको बेताल देवताको केही भाग