डाली मार्टबाट म्याद गुज्रिएको र किरा परेको खाद्यान्न बरामद « Khabarhub

डाली मार्टबाट म्याद गुज्रिएको र किरा परेको खाद्यान्न बरामद


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीको लालबन्दीमा रहेको एक मार्टबाट अनुगमन टोलीले म्याद गुज्रिएको र किरा परेको खाद्यवस्तु बरामद गरेको छ । लालबन्दी नगरपालिका–५ मा अर्जुन रायमाझीले सञ्चालन गरेको डाली मार्टबाट उपभोक्ता ठगिएको गुनासो आएपछि लालबन्दी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सिनाको नेतृत्वमा अनुगमन टोली पुगेपछि म्याद गुज्रिएको र किरा परिसकेको खाद्यवस्तु बिक्री भएको तथ्य बाहिर आएको हो ।

अनुगमन गर्नेक्रममा टोलीले म्याद गुज्रिएको र किरा परिसकेको खाद्यवस्तु फेला पारेको जनाएको हो । प्रहरीसमेतको उपस्थितिमा अनुगमन गर्दा म्याद गुज्रिएको चाउचाउ र बिस्कुट बिक्री भइरहेको तथा घुनकिरा र चिलेसा लागिसकेको मकैको च्याँख्लालगायतका वस्तु बिक्री वितरण गरिरहेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

यसरी मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खाद्यवस्तु बिक्री गरिएको तथा उपभोक्तालाई ठगी गरेको भन्दै अनुगमन टोलीले राजस्व शाखालाई चिठ्ठी काटेको छ । उपभोक्ता हित विपरीत ठगी धन्दा गरेको भन्दै राजस्व शाखाले समेत डालीमार्टविरुद्ध नियमअनुसार जरिवाना गर्न पत्र काटेको जनाएको छ ।

अनुगमन टोलीले नियन्त्रणमा लिएको म्याद गुज्रिएको र किरा लागिसकेको खाद्यवस्तुको भने फोटो खिचेर डालीमार्टमै बुझाएर फर्किएको थियो ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ११ : २१ बजे

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा