सुडानलाई मानवीय सहायता उपलब्ध गराउन राष्ट्रसंघको अपिल « Khabarhub

सुडानलाई मानवीय सहायता उपलब्ध गराउन राष्ट्रसंघको अपिल


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुबा – सुडानका लागि संयुक्त राष्ट्रसङ्घले मावनीय सहायताको अपिल गरेको छ । संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानका लागि तत्काल कम्तीमा पनि ४० करोड अमेरिकी डलर बराबरको सहायता जरुरी परेको भन्दै सोका लागि अपिल गरेको हो ।

दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधि सारा वियोस्लो नान्तीले सो अपिल गरेको समाचारमा जनाइएको छ । अहिले दक्षिण सुडानमा खाद्यान्नदेखि अन्य न्यूनतम मानवीय सहायताको पनि खाँचो परेकाले तत्कालका लागि यो रकम आवश्यक परेको उनको भनाई छ । ‘हामीले यो सहयोग रकम विश्वसँग नै अपेक्षा गरेका छौँ, हामीलाई लाग्छ दक्षिण सुडानका नागरिकका लागि कुनै न कुनै रुपमा तत्कालै यो रकमको आवश्यकता परेको छ ।’ उनले भने।

‘अन्य सहायताका अतिरिक्त अहिले नै यहाँका महिला तथा बालबालिकालाई खाद्यान्नको आवश्यकता छ र उनीहरुलाई अझ बढी त पोषणको पनि जरुरत रहेको छ।’ उनले भने ।

आवश्यक पोषण र खाद्यान्नको अभावमा यहाँका बालबालिका कुपोषणको शिकार भइरहेका र कतिपय स्थानका नागरिकले खाद्यान्न र औषधिजस्तो आधारभूत आवश्यकता नै पाउन नसकेका भन्दै यसअघिदेखि नै संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानका लागि सहायताको जरुरत परेको बताउँदै आएको थियो ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १२ : ४५ बजे

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी