बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु  « Khabarhub

बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको बालाजुमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार व्यक्ति घाइते भएका छन् ।

मृत्यु हुनेमा काठमाडौँको लोलाङका २२ वर्षीय सविन परियार रहेका छन् । घाइते परियारको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा बिहान करिब पौने ६ बजे मृत्यु भएको हो ।

घाइते भएका काठमाडौँको ईन्द्रचोकका अन्दाजी २२ वर्षकै नीरज महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सोह्रखुट्टेबाट बालाजु तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान ५ बजे सडक छेउको बिजुलीको पोलमा ठोकिएको प्रहरी वृत्त लैनचौरले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १ : १३ बजे

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी