बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु  « Khabarhub

बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको बालाजुमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार व्यक्ति घाइते भएका छन् ।

मृत्यु हुनेमा काठमाडौँको लोलाङका २२ वर्षीय सविन परियार रहेका छन् । घाइते परियारको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा बिहान करिब पौने ६ बजे मृत्यु भएको हो ।

घाइते भएका काठमाडौँको ईन्द्रचोकका अन्दाजी २२ वर्षकै नीरज महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सोह्रखुट्टेबाट बालाजु तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान ५ बजे सडक छेउको बिजुलीको पोलमा ठोकिएको प्रहरी वृत्त लैनचौरले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १ : १३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना