अध्ययन समितिले मुख्यमन्त्री राउतलाई बुझायो प्रतिवेदन « Khabarhub

अध्ययन समितिले मुख्यमन्त्री राउतलाई बुझायो प्रतिवेदन


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश सरकारको मुख्य प्रशासनिक भवनलगायतका भौतिक संरचना निर्माणका लागि जनकपुर चुरोट कारखाना परिसरनै उपयुक्त हुने सुझावसहितको प्रतिवेदन अध्ययन समितिले आज मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको छ । मधेस प्रदेश सरकारद्वारा भौतिक संरचना निर्माणका लागि जग्गा पहिचान, प्राप्ति तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री राउतलाई आफ्नो अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको हो । 

मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम घोषणा भएपछि प्रदेश सरकारले आफ्नो मुख्य प्रशासनिक भवन लगायतका अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक जग्गाको पहिचान तथा प्राप्तिका लागि भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादवको संयोजकत्वमा गठन गरेको थियो । सो समितिले सरोकारवालासँगको छलफल पश्चात तयार पारेको प्रतिवेदन मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरिएको समितिका संयोजकमन्त्री यादवले जानकारी दिए । 

समितिले राजधानीको मूल संरचनाको लागि हाल प्रदेश सरकारको मुख्यालय रहेको जनकपुर चुरोट कारखाना परिसरलाई नै मुख्य प्राथमिकतामा राखी राजधानीभित्रका अन्य सार्वजनिक तथा गुठी अधिनस्थ जग्गालाई समेटेर प्रतिवेदन तयार पारेको मन्त्री यादवले बताए । जनकपुर चुरोट कारखाना परिसरलाई प्रशासनिक केन्द्र, चरण विकासको जग्गा तथा हाल प्रदेशसभा भवन रहेको क्षेत्रको जग्गामा अभाव क्षेत्र लगायतका अन्य संरचना निर्माणका लागि सिफारिस गरिएको मन्त्री यादवको भनाइ छ ।

प्रतिवेदन ग्रहण गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रतिवेदनलाई आउने मन्त्री परिषदको बैठकबाट स्वीकृति प्रदान गरी साउन पहिलो सातादेखि नै जग्गा प्राप्तिको प्रक्रिया थालिने बताए ।   

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १ : ४७ बजे

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी

परराष्ट्रमन्त्री खनालको सम्पत्ति : तीन जिल्लामा जग्गा, बैंकदेखि हाइड्रोसम्म लगानी

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र २५