पशुपति क्षेत्रमा साउनको तयारी « Khabarhub

पशुपति क्षेत्रमा साउनको तयारी


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विगत दुई वर्षका साउन महिनामा आराध्य देव पशुपतिनाथको दर्शन गर्न नपाएका भक्तजनले यस वर्ष भने मूल मन्दिरमै प्रवेश गरेर दर्शन गर्न पाउने भएका छन् । कोरोना महामारीका कारण विसं २०७७ र २०७८ को साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

मन्दिर बन्द गरिए पनि पशुपति क्षेत्रमा लाखौँ भक्तजन जम्मा भएर पशुपतिनाथको गजुर दर्शन गरेर फर्केका थिए । यो वर्ष अहिलेसम्म मन्दिर निरन्तर खुल्नुका साथै नित्य, विशेष पूजा चलिरहेको छ । कोरोनाको सङ्क्रमण दर पनि कमै रहेकाले पशुपतिनाथ मन्दिर खोल्ने गरी नै तयारी अघि बढाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

साउन महिना भगवान् शिवको प्रिय महिना मानिन्छ । यसैले यो महिनामा धेरै भक्तजनले पशुपतिनाथ दर्शन एवं विशेष पूजा गर्ने चाहना गरेका छन् । त्यसै अनुसार सुरक्षा, स्वयंसेवक परिचालनलगायत तयारी सुरु गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले  जानकारी दिए। साउन महिनामा पनि सोमबार पशुपतिनाथमा भक्तजनको धेरै भीड लाग्छ ।

साउन महिनामा पशुपतिनाथमा वाग्मती मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाउने बोल बम यात्री भक्तजनको पनि भीड लाग्ने गर्छ । कोरोनाका कारण विगत दुई वर्ष बोल बम यात्रा पनि रोकिएको थियो । यसवर्ष भने बोल बम यात्रा पनि जारी गरिने कोषले जनाएको छ । साउन महिना, हरितालिका (तीज), बाला चतुर्दशी, महाशिवरात्रि जस्ता पर्वमा लाग्ने भक्तजनको भीडका बेला पशुपति क्षेत्रलाई स्वच्छ राख्ने सीप सिकाउन कोषका सफाइ कर्मचारीलाई केही दिनअघि १० दिने तालिमसमेत दिइएको थियो ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ३ : २८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार