अष्ट्रेलियामा बाढी रोकिएन, हजारौँ विस्थापित | Khabarhub Khabarhub

अष्ट्रेलियामा बाढी रोकिएन, हजारौँ विस्थापित


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा आएको बाढीपछि करिब ५० हजार मानिसहरूलाई आफ्नो घर छाड्न आग्रह गरिएको छ ।

यस वर्ष तेस्रो पटक आएको बाढीपछि सिड्नीका बासिन्दालाई घर खाली गर्न भनिएको हो । पछिल्लो चार दिनमा सिड्नीका केही भागमा करिब ८ महिनाको वर्षा एकैपटक भएको जनाइएको छ ।

वर्षाका कारण सडक अवरुद्ध भएको र केही घरहरू पानीमा डुबेको अधिकारीले जनाएका छन् ।

यसबाहेक सो क्षेत्रका हजारौं मानिस विद्युतविहीन बनेका छन् । यो वर्ष अस्ट्रेलियामा बाढीका कारण २० जनाको मृत्यु भइसकेको छ ।

तीमध्ये अधिकांश न्यु साउद वेल्सका बासिन्दा रहेका छन् ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ४ : ५८ बजे

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा

सत्तापक्षको अडान : गृहमन्त्रीको राजीनामा नमाग्ने सर्तमा छानबिन समिति बन्छ

काठमाडौं– संसदीय छानबिन समिति बनाएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको

सन्दीपले सफाइ पाउँदा स्वागतसँगै सुनियो विरोधको चर्को स्वर, कसले के भने ?

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा बुधबार

राष्ट्रियसभा बैठक सर्‍यो

काठमाडौं– राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ