पहिरोले पाँच परिवार विस्थापित « Khabarhub

पहिरोले पाँच परिवार विस्थापित


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गल्कोट– वर्षासँगै आएको पहिराका कारण बागलुङको काठेखोला गाउँपालिका–७ रेशका पाँच परिवार विस्थापित भएका छन् ।

पहिरोले स्थानीय सम्मरबहादुर कार्की, मञ्जु कार्की, उजेली कार्की, प्रेमबहादुर जिसी र लोकबहादुर जिसीको घरमा पूर्णरुपमा क्षति पुर्‍याएको छ ।

स्थानीय लिलाबहादुर कार्कीका अनुसार उनिहरुलाई सुरक्षित स्थानमा सारिएको छ । सो स्थानका अन्य १४ घर पनि पहिराको उच्च जोखिममा रहेका छन् । अहिले स्थानीयको सहयोगमा पहिरो हटाउने कार्य जारी छ ।

काठेखोला गाउँपालिकाको न्यायिक समितिले पीडितलाई राहत वितरणको तयारी गरेको छ । उनीहरुलाई छिमेकीको घरमा आश्रय लिने गरी व्यवस्थापन मिलाइएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १० : ४९ बजे

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे