मलेसियामा अल्पसङ्ख्यकमाथि दमन बढेको भन्दै मानव अधिकारवादीको चिन्ता « Khabarhub

मलेसियामा अल्पसङ्ख्यकमाथि दमन बढेको भन्दै मानव अधिकारवादीको चिन्ता


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलेसियामा अल्पसङ्ख्यकमाथि दमन र साम्प्रदायिकता बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

दक्षिणपूर्वी एसियाली मुलुक मलेसियामा शिया, अहमदियालगायत साम्प्रदायिक अल्पसङ्ख्यकहरुमाथि दमन बढ्न थालेको भन्दै मानव अधिकारवादीहरुले चिन्ता व्यक्त गरेका हन् ।

मलेसियन मानवअधिकावादी अभियन्ता मोहद फैजल मुसाले आफ्नो मुलुकमा अल्पसङ्ख्यकमाथि दमन बढेको बताएका हुन् ।

कतारी टेलिभिजन च्यानल अल जजीराका अनुसार बहुसङ्ख्यक शिया मुलुक इरान र बहुसङ्ख्यक सुन्नी अरब मुलुकहरुबीच तनाव बढ्दै जाँदा त्यसको प्रभाव मलेसियन समाजमा पनि देखा परेको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार मलेसियामा केही शिक्षकहरुले समेत अल्पसङ्ख्यक सम्प्रदायका विद्यार्थीलाई पढाउन अस्वीकार गर्दै आएका छन् ।

मानव अधिकारवादी मोहदले मलेसिया सरकारले नै साम्प्रदायिकतालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ५ : १९ बजे

इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री बन्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको

औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण

काठमाडौं– पछिल्लो समय औषधिको मूल्यवृद्धि सम्बन्धी विषय संघीय संसद् र

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको