चकनाचुर अफगान सपना | Khabarhub Khabarhub

चकनाचुर अफगान सपना


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गत अगस्टमा तालीवानले सत्ता लिएपछि धेरै महिलाको जीवनमा एक रातमै ठूलो परिवर्तन आएको थियो। एक टिभी प्रस्तोताको क्यारियरको एकाएक अन्त्य मात्र भएन, सपनाको पनि अन्त्य भएको थियो। योसँगै सारा आशा पनि सकिएको थियो। करिब एक वर्षदेखि यता उनी शरणार्थीको रूपमा आफूलाई बेलायतमा अभ्यस्त राख्दै आएकी छिन्।

१४ अगस्ट २०२१ को राति तालीवानले सत्ता हातमा लिनु अगाडिसम्म सबनम ध्रवन रेडियो टेलिभिजनका लागि समाचार तयार पारिरहेकी थिइन्। अहिले अफगानिस्तानमा पुरै तालीवान सत्ताको प्रभाव छ। सबैको जीवन फेरिएको छ।

२४ वर्षीय सबनम स्टारको रूपमा उदाएकी थिइन्। न्युज ब्रेकरको रूपमा छवि बनाउँदै आएकी उनका हरेक प्रस्तुति दर्शकले उत्तिकै चासो दिएर हेर्ने गरेका थिए। ‘म भावुक भएर केही बोल्नै नसक्ने भएकी थिएँ। घरमा भएका सबै जना मैले केही भन्ने हो कि भनेर हेरिरहेका थिए’, त्यसै समय एकाएक आफूहरूको जीवनमा आएका परिवर्तनलाई सम्झँदै उनले भनिन्।

गत अगस्टमा तालीवानले सत्ता लिएपछि धेरै महिलाको जीवनमा एक रातमै ठूलो परिवर्तन आएको थियो। एक टिभी प्रस्तोताको क्यारियरको एकाएक अन्त्य मात्र भएन, सपनाको पनि अन्त्य भएको थियो।

त्यसको एक दिनपछि उनी उठ्दा अफगानिस्तान तालीवान सेनाको कब्जामा थियो। सबनम कार्यालय पुग्दा एक दिन अगाडिसम्म उनी बस्ने गरेको कुर्सीमा त एक तालीवान थिए। उनी झन्डासहित त्यहाँ थिए। यो एउटा युगको अन्त्यसमेत थियो।

पहिलो पत्रकार भेटघाटमा तालीवानले आफूहरूको शासनकालमा पनि महिलाले पुरुषसँगै काँधमा काँध मिलाएर काम गर्नसक्ने बताएका थिए। यसपछि नै सबनम उत्साहित हुँदै आफ्नो कार्यालयको युनिफर्म झोलामा राखेर गएकी थिइन्।

कार्यालय पुग्ने बित्तिकै उनलाई ढोकामा तालीवान सेनाले रोकेका थिए। टेलिभिजन पुरै तालीवानको नियन्त्रणमा नै थियो। उनीहरूले पुरुष कर्मचारीलाई मात्र प्रवेश गर्न दिने भन्दै रोकेका थिए। एउटा पुरुष आएर इस्लामिक इमिरेट्स अफ अफगानिस्तानका महिलाबारे सबै कुरा यकिन भइनसकेको बताए। अर्का सैनिक आएर उनलाई भने, ‘तिमीहरूले धेरै काम गरिसकेका छौं। अब हाम्रो पालो।’

उनले काम गर्न पाउने आफ्नो अधिकार भएको प्रसङ्ग उठाएपछि एक सैनिक आएर काँधमा पेस्तोल तेर्साएर भनेको उनलाई अझ स्मरण छ, ‘एक गोली तिम्रा लागि काफी हुनेछ। खुरुक्क जान्छौ कि गोली चलाऊ।’ त्यसपछि निराश हुँदै उनी फर्केकी थिइन्।

कार्यालय पुग्ने बित्तिकै उनलाई ढोकामा तालीवान सेनाले रोकेका थिए। टेलिभिजन पुरै तालीवानको नियन्त्रणमा नै थियो। उनीहरूले पुरुष कर्मचारीलाई मात्र प्रवेश गर्न दिने भन्दै रोकेका थिए।

उनले यो भिडियो सामाजिक सञ्जालमा राखेपछि सबै घर परिपारसमेत जोखिममा परेका थिए। त्यसको केही दिनपछि उनले बहिनी मिना र भाइ हिम्मतलाई लिएर काबुल छाडेर धेरै टाढाको यात्रा तय गरेकी हुन्।

हजारौँ शरणार्थी जस्तै सबनम र उनका भाइ बहिनी बेलायत पुगे। त्यही आफ्नो जीवनलाई अभ्यस्त बनाउन उनीहरू १ वर्षदेखि मेहनत गरिरहेका छन्। ‘अफगानिस्तानमा काम गरेको ६ वर्ष त्यत्तिकै खेर गएको जस्तो मलाई महसुस भएको छ। अहिले म विश्वविद्यालय गएर अङ्ग्रेजी सिकिरहेकी छु। हामीलाई पसल जान पनि कठिनाइ भएको छ। पहिलो दिन त हामी गएर चाहेको कुरा इशारा गरेर ल्याएका थियौं। यो साँच्चै कठिन र पीडादायक थियो’, बेलायती जीवनको सुरुवाती अनुभव बारे उनले भनिन्।

एक वर्ष बितिसक्दा धेरै जसो अफगान शरणार्थी होटेलमा बिताइरहेका छन्। सबनम र उनका भाइबहिनी भाग्यमानी नै मान्नुपर्छ कि उनीहरूलाई गत वर्ष नै सरकारले काउन्सिल हाउसमा आवासमा व्यवस्था मिलाएको थियो।

‘हाम्रो जीवन यहीबाट सुरु भएको छ। हामी साना बच्चा जस्तो भएका छौं। जहाँबाट जीवनको सुरुवात हुन्छ’, उनले भनिन्। लण्डनमा जीवन बिताउँदा रमाइरहेका उनीहरू अहिले त अभ्यस्त नै भइसके। पहिलो पटक गृष्म ऋतु बेलायतमा मनाउँदासम्म उनीहरू खुसी भएर जीवन बिताउन लागेका छन्।

सबनम र उनकी बहिनी विश्वविद्यालयमा अङ्ग्रेजी सिकी रहेका छन्। उनका भाइ माध्यमिक तहका विद्यार्थी हुन्। उनलाई बेलायती सरकारले पूर्ण समर्थन गरेको आभास भइरहेको छ। तर, उनलाई अन्य अफगान शरणार्थीको चिन्ता लागेको छ। त्यसमा उनका साथी पनि छन्। रुस र युक्रेनको युद्धका कारण अहिले उनीहरूको दुर्दशा छायामा परेको छ।

‘होटृलमा बसीरहेका अफगान शरणार्थीको प्रक्रिया ढिला हुनुको मुख्य कारण नै रुस र युक्रेन बीचको युद्ध हो। अहिले बेलायती सरकारले अफगानिस्तानका शरणार्थीलाई नियमन गरेको छ, युक्रेनको शरणार्थीलाई छैन’, उनले भनिन्।

केही समयमै बेलायतमा अफगानीको पुनः व्यवस्थापनको कार्यक्रमले तीव्रता पाउने छ। यसमा २० हजार महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहलाई बेलायतमा पुनःस्थापित गर्ने कार्यक्रम छ।

एक वर्ष बितिसक्दा धेरै जसो अफगान शरणार्थी होटेलमा बिताइरहेका छन्। सबनम र उनका भाइबहिनी भाग्यमानी नै मान्नुपर्छ कि उनीहरूलाई गत वर्ष नै सरकारले काउन्सिल हाउसमा आवासमा व्यवस्था मिलाएको थियो।

त्यहाँ घरमै अफगानी शरणार्थीलाई व्यवस्थित गर्ने काम साँच्चै चुनौतीपूर्ण पनि छ। तीन सय जना स्थानीय अधिकारी यसका लागि सक्रिय छन्। यिनीहरूकै सक्रियताको फलस्वरूप गएको वर्षमा ६ हजार जनाको व्यवस्थापन भएको छ।

सबनमले अफगानिस्तान छाडेपछि धेरै परिवर्तन भइसकेको छ। छात्रालाई माध्यमिक तहको अध्ययन गर्नका लागि बन्देज गरिएको छ। पार्कमा एकै दिन महिला र पुरुष जान पाउने छैनन्। महिलाले अनुहार ढाकेरै कपडा लगाउनु पर्नेछ। यसले महिला सञ्चारकर्मीलाई असर गर्नेछ। उनीहरूले अनुहार ढाकेरै टिभीमा आफूलाई प्रस्तुत गर्ने गरेका छन्। सबनमलाई आफ्ना सहकर्मीको अवस्था राम्रोसँग थाहा छ।

तालीवान महिला घरमै बसेकोमा खुसी हुन्छन्। आधुनिक अफगान महिलाका लागि त्यो स्वीकार्य छैन। सबनमको प्रस्ट मत छ, ‘तालीवानहरु नै सकारात्मक नभएसम्म यी सबै कुराको समस्या समाधान हुँदैन।’

सबनमले आफ्नो भाग्यलाई भुइँमा खसेको गिलाससँग दाँज्ने गरेकी छिन्। जुन फुटेर टुक्रा, टुक्रा भएको छ। उनी अझै कुनै दिन त्यसै अफगानिस्तानको निर्माण हुने आसमा छिन्। जुन अफगानिस्तानमा मान्छे बाँचीरहेका मात्र हुने छैनन्, फस्टाइरहेका हुनेछन्।

‘हाम्रो जीवन यहीबाट सुरु भएको छ। हामी साना बच्चा जस्तो भएका छौं। जहाँबाट जीवनको सुरुवात हुन्छ’, उनले भनिन्।

यो एक वर्षको अन्तरालमा अफगानिस्तानमा नागरिक स्वतन्त्रता र मानव अधिकारको हनन भयो नै। गरिबिका कारण जनजीवनमा पनि समस्या देखिएको छ। संसार भर्खर कोरोना महामारीबाट मुक्त थियो। संसारमा पर्यटन व्यवसाय ध्वस्त थियो। अहिले रुसले युक्रेनमा आक्रमण गरिरहेको छ। यस युद्धले संसारको अर्थतन्त्रलाई तहसनहस पारेको छ। धेरै गरिबी देश अहिले समस्यामा छन्। अफगानिस्तानमा त चौतर्फी समस्या थपिएको छ। अन्तर्राष्ट्रिय दातृ संस्थाले साथ दिन छाडेपछि अफगानिस्तान गरिबिको मारमा परेको थियो।

त्यसपछि युरोप र एसियाका विभिन्न देशमा अफगानिस्तानमा शरणार्थीका लागि पहल भएको थियो। त्यहाँ सबनम जस्ता हजारौँ जना दक्ष जनशक्ति विदेश पुग्न थालेका छन्। एक लाख ग्रामीण भेगका शिक्षित व्यक्ति सीमा पार गरेर अन्य देशमा गएका छन्। विदेश जानेहरु अमेरिका र युरोपेली देशका साथै पाकिस्तान पुग्नेको पनि कमी छैन।

एक वर्षमा अफगानिस्तान छाड्न चाहनेमा सबै भन्दा धेरै सञ्चारकर्मी छन्। त्यसपछि अधिकारकर्मी छन्।

धेरै देशमा जान अफगानिस्तानबाट सिधै सम्भव छैन। पाकिस्तान पुगेर त्यहीँबाट कानुनी प्रक्रिया पार गर्दै विदेश जानुपर्ने बाध्यताका बीच पनि गत वर्षमा एक लाख भन्दा बढीले देश छाडेका हुन्। गएको १ वर्षमा अफगानिस्तान छाड्न चाहनेमा सबै भन्दा धेरै सञ्चारकर्मी छन्। त्यसपछि अधिकारकर्मी छन्। पछिल्लो समय सीमामा रहेको पाकिस्तानमा समस्यामा परेपछि त्यस देशमा भने शरणार्थी प्रवेशमा रोक लगाइएको छ।

तालीवान सत्ताले उपहारको रूपमा दिएको गरिबिको मारमा परेका अफगानको विदेश मोह कायम रहने निश्चित छ। यसै विदेश मोहसँग हजारौँ जना दक्ष जनशक्ति पनि अफगानिस्तानले गुमाउँदै छ। स्रोत : भ्वाइस अफ अमेरिका, बीबीसी

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ८ : ०७ बजे

कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकासका सचिवबीच कार्यसम्पादन सम्झौता 

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधान एवं शहरी विकास मन्त्री

शीर्ष क्रमका ब्याटर ‘फ्लप’ हुँदा संकटतिर नेपाल, टीममाथि नै प्रश्न

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातारको खराब प्रदर्शनले समर्थकलाई निराश

वर्षा नहुँदा धान उत्पादक किसान चिन्तित

गाईघाट– केही दिनयता अत्यधिक गर्मी बढेसँगै वर्षा नहुँदा यहाँका धान

 कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी

 कञ्चनपुर– कञ्चनपुर जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती

प्रधानमन्त्री अमेरिकामा हुँदा काठमाडौंमा धरपकड किन ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर देशभित्र छैनन् । उनी