अछाममा सवा एक करोडको सेनेटरी प्याड खरिद « Khabarhub

अछाममा सवा एक करोडको सेनेटरी प्याड खरिद


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – अछामका १० वटा पालिकाले वार्षिक रुपमा सवा १ करोड बढीका सेनेटरी प्याड खरिद गरेका छन्।

गत आर्थिक वर्ष २०७७/७८ मा अछामका १० वटा स्थानीय तहले वार्षिक २ लाख ९ हजार ५ सय थान प्याड १ करोड ३३ लाख ९० हजारमा आर्थिक वर्षको अन्त्यमा खरिद गरी मौज्दात राख्ने गरेको महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उनीहरुले कम्तीमा साढे ५ लाखदेखि बढीमा साढे २० लाखसम्म एक वर्षमा सेनेटरी प्याड खरिद गरेका छन्।  सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि सरकारले स्थानीय सरकार मार्फत निःशुल्क सेनेटरी प्याड वितरण गर्दै आएको छ ।

अघिल्लो आर्थिक वर्षमा सबैभन्दा कम वान्नीगढी जयगढ गाउँपालिका र बढी मंगलसैन नगरपालिकाले सेनेटरी प्याड वितरण गरेको छ । मंगलसैन नगरपालिकाले ५३ हजार ५ सय ६७ थान सेनेटरी प्याड खरिदमा २० लाख ४७ हजार खर्च गरेको छ ।

जिल्लामा सबैभन्दा कम सेनेटरी प्याड वान्नीगढी जयगढ गाउँपालिले खरिद गरेको छ । उसले १९ हजार २६ थान सेनेटरी प्याड खरिदमा ५ लाख ४८ हजार ४ सय खर्च गरेको छ ।

पन्चदेवल विनायक नगरपालिकाले २२ हजार थान सेनेटरी प्याड खरिदमा २० लाख १ हजार २ सय,  रामारोशन गाउँपालिकाले १९ हजार ९ सय ५८ थान सेनेटरी प्याड खरिदमा १८ लाख ७१ हजार ८ सय खर्च गरेको महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कमलवजार नगरपालिकाले २५ हजार १ सय ४६ थान सेनेटरी प्याड खरिदमा १६ लाख ४८ हजार, चौरपाटी गाउँपालिकाले १५ हजार सेनेटरी प्याड खरिदमा १४ लाख ९८ हजार, तुर्माखाँद गाउँपालिकाले १८ हजार ५ सय सेनेटरी प्याड खरिदमा १२ लाख ९६ हजार खर्च गरेका छन् ।

ढकारी गाउँपालिकाले २० हजार ९ सय ९५ थान सेनेटरी प्याड खरिदमा ११ लाख ८० हजार, साँफेबगर नगरपालिकाले ८ हजार थान सेनेटरी प्याड खरिदमा ७ लाख ९९ हजार र मेल्लेख गाउँपालिकाले ७ हजार ३ सय ३४ थान सेनेटरी प्याड खरिदमा ४ लाख  ९९ हजार खर्च गरेको महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनमा उल्लेख गरिएको छ।

महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनमा कोभिड प्रकोपको कारण विद्यालय पूर्ण रुपमा सञ्चालन हुन नसकेको र अर्कोतर्फ प्रत्येक वर्ष प्याड खरिद गरी मौज्दात राख्नाले नेपाल सरकारको उद्देश्य पूरा नभएको लेखिएको छ।

सार्वजनिक खरिद नियमावली ६४ को नियम ८५ मा कुनै पनि योजनाको लागि छुट्याएको रकम टुक्रयाएर खरिद नगर्न भनिएको छ, कतिपय स्थानीय तहले सोको समेत उल्लङ्घन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई निः शुल्क सेनेटरी प्याड व्यवस्थापन कार्यक्रम अन्तर्गत कार्यविधिमा उल्लिखित प्रक्रिया अनुसार वार्षिक १० महिना अवधिका लागि निः शुल्क सेनेटरी प्याडको व्यवस्था मिलाउनुपर्ने उल्लेख छ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ७ : ५२ बजे

लुम्बिनीमा कांग्रेस इतर पक्षको भेला

काठमाडौं- नेपाली कांग्रेस इतर समुहको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा

सभामुख डीपी अर्यालद्वारा नागढुंगा सुरुङमार्गको निरीक्षण (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन्

‘ह्यासमेन्ट महसुस’ गरेको घटनामा प्रहरीले असहयोग गरेको नायिका उषाको गुनासो

काठमाडौं- संजोक कार्की नाम एक युवाले राति बारम्बार कल गरेको

ओलीको दाबी- सरकारको हस्तक्षेपका कारण एन्फा कारबाहीमा परेको हो 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाद्र २३ र

चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (टीयू–आईओएम) अन्तर्गत एमबीबीएस