‘सम्झना बिर्सना’ भारतमा प्रदर्शन हुने « Khabarhub

‘सम्झना बिर्सना’ भारतमा प्रदर्शन हुने


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालपछि प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ अब भारतका सहरमा प्रदर्शन हुने भएको छ । गत असार ३१ गते नेपालभरका हलमा प्रदर्शनमा रहेको फिल्म ९ सेप्टेम्बरबाट भारतका दर्शकमाझ पुग्न लागेको हो ।  निर्माता अद्वितीय प्रधानले ‘सम्झना बिर्सना’ पहिलो चरणमा ९ सेप्टेम्बरमा दार्जिलिङ, सिक्किम, सिल्गुडी, जय गाउँलगायतका स्थानका हलमा प्रदर्शन हुने तयारीमा रहेको जानकारी दिए । 

‘हामी चरण चरणमा गरेर फिल्म रिलिज गर्दैछौँ,’ दार्जिलिङबाट उनले भने, ‘दोस्रो चरणमा ७ अक्टोबरमा असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा रिलिज हुँदैछ भने तेश्रो चरणमा २१ अक्टोबरमा बाँकी सहरहरूमा प्रदर्शन गर्दैछौ ।’ 

उनले भारतमा नेपाली फिल्मको बजार राम्रो रहेको तर अधिकांशले यथोचित तवरले प्रदर्शन गर्न नजानेको बताए । ‘भारतमा नेपाली फिल्मको मार्केट एकदम राम्रो छ । तर, हामीले सही बजार खोज्न सकेका छैनौँ,’ उनले आफू नेपाली फिल्मको बजार विस्तारका लागि दीर्घकालीन सोचका साथ  ‘सम्झना–बिर्सना’ मार्फत अघि बढेको सुनाए ।

निमेष प्रधान निर्देशित फिल्म भारतका हलमा नेपाली भाषामै तर अंग्रेजी सबटाइटलका साथ प्रदर्शन गरिँदै छ । ‘हामीले प्रारम्भिक रुपमा नेपाली भाषी दर्शकलाई नै लक्षित गरेका छौँ,’ निर्माता प्रधानले भने, ‘त्यसैले नेपाली भाषामै रिलिज गर्न लागेका हौँ । नेपाली नबुझ्नेहरूका लागि भने अंग्रेजी सबटाइटल राखेका छौं ।’

रेबिका प्रधानको निर्माण र निर्देशक निमेषकै लेखन रहेको फिल्मले नेपालमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा, सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणा मुख्य भूमिकामा छन् । 

दार्जिलिङ, सिल्गुडी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्ममा शिव ढकालको छायांकन, कमल राई र रामजी लामिछानेको कोरियाग्राफी तथा अर्जुन पोखरेल र निमेष प्रधानको संगीत छ । प्रेम गीत–३ पनि २३ सेप्टेम्बरमा भारतका हलमा प्रदर्शन हुँदै छ । 

 

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १२ : २६ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा