‘सम्झना बिर्सना’ भारतमा प्रदर्शन हुने | Khabarhub Khabarhub

‘सम्झना बिर्सना’ भारतमा प्रदर्शन हुने


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालपछि प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ अब भारतका सहरमा प्रदर्शन हुने भएको छ । गत असार ३१ गते नेपालभरका हलमा प्रदर्शनमा रहेको फिल्म ९ सेप्टेम्बरबाट भारतका दर्शकमाझ पुग्न लागेको हो ।  निर्माता अद्वितीय प्रधानले ‘सम्झना बिर्सना’ पहिलो चरणमा ९ सेप्टेम्बरमा दार्जिलिङ, सिक्किम, सिल्गुडी, जय गाउँलगायतका स्थानका हलमा प्रदर्शन हुने तयारीमा रहेको जानकारी दिए । 

‘हामी चरण चरणमा गरेर फिल्म रिलिज गर्दैछौँ,’ दार्जिलिङबाट उनले भने, ‘दोस्रो चरणमा ७ अक्टोबरमा असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा रिलिज हुँदैछ भने तेश्रो चरणमा २१ अक्टोबरमा बाँकी सहरहरूमा प्रदर्शन गर्दैछौ ।’ 

उनले भारतमा नेपाली फिल्मको बजार राम्रो रहेको तर अधिकांशले यथोचित तवरले प्रदर्शन गर्न नजानेको बताए । ‘भारतमा नेपाली फिल्मको मार्केट एकदम राम्रो छ । तर, हामीले सही बजार खोज्न सकेका छैनौँ,’ उनले आफू नेपाली फिल्मको बजार विस्तारका लागि दीर्घकालीन सोचका साथ  ‘सम्झना–बिर्सना’ मार्फत अघि बढेको सुनाए ।

निमेष प्रधान निर्देशित फिल्म भारतका हलमा नेपाली भाषामै तर अंग्रेजी सबटाइटलका साथ प्रदर्शन गरिँदै छ । ‘हामीले प्रारम्भिक रुपमा नेपाली भाषी दर्शकलाई नै लक्षित गरेका छौँ,’ निर्माता प्रधानले भने, ‘त्यसैले नेपाली भाषामै रिलिज गर्न लागेका हौँ । नेपाली नबुझ्नेहरूका लागि भने अंग्रेजी सबटाइटल राखेका छौं ।’

रेबिका प्रधानको निर्माण र निर्देशक निमेषकै लेखन रहेको फिल्मले नेपालमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा, सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणा मुख्य भूमिकामा छन् । 

दार्जिलिङ, सिल्गुडी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्ममा शिव ढकालको छायांकन, कमल राई र रामजी लामिछानेको कोरियाग्राफी तथा अर्जुन पोखरेल र निमेष प्रधानको संगीत छ । प्रेम गीत–३ पनि २३ सेप्टेम्बरमा भारतका हलमा प्रदर्शन हुँदै छ । 

 

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १२ : २६ बजे

जेन-जी युवाहरूको एकता पहल गरिदिन प्रधानमन्त्री कार्कीसँग जेन-जेड युनाइटेडको माग

काठमाडौँ– ‘जेन–जेड युनाइडेट फर परिवर्तन’का प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल

बद्रीनारायण धाममा पहिलोपटक ‘एकादशी मेला’ हुने

काठमाडौँ– काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धाममा पहिलोपटक

झापामा जङ्गली हात्तीको त्रास, बाली थन्क्याउन नपाएको गुनासो

झापा- भारतबाट आएका जङ्गली हात्तीले दुई दिन अघि एकाबिहानै मेचीनगर

जेनजी आन्दोलनमा प्रहरी हत्या आरोप लागेका भण्डारी जेल चलान

काठमाडौँ– जेनजी आन्दोलनका क्रममा काठमाडौँको कोटेश्वर प्रभागमा प्रहरीको हत्या गरेको

धान भित्र्याउने बेला वर्षाले समस्या

तानसेन (पाल्पा)- घर भित्र्याउन ठिक्क पारिएको धान वर्षाले बिगारेपछि यहाँका