अमेरिकाद्वारा चिनियाँ मिसाइल प्रक्षेपणको निन्दा « Khabarhub

अमेरिकाद्वारा चिनियाँ मिसाइल प्रक्षेपणको निन्दा


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले जापानको विशेष आर्थिक क्षेत्रमा चीनद्वारा गरिएको मिसाइल प्रक्षेपणको निन्दा गरेको छ । सैनिक अभ्यासका क्रममा चीनले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले सो कदम चालेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का सञ्चार संयोजक जोन किर्बीले बताएका छन् । उनले चीनलाई पेलोसीको ताइवान भ्रमण बारे उत्तेजित नहुन पनि आग्रह गरेका छन् ।

अगस्ट ४ मा चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी जलक्षेत्रमा ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको थियो । यसबाट ताइवानको राष्ट्रिय सुरक्षा खतरामा पारेको विश्लेषणहरु भएका छन् । यस कदमबाट क्षेत्रीय तनाव पनि बढेको छ ।

लाइभ फायर ड्रिलहरू टापुको वरिपरि रहेका विभिन्न सात क्षेत्रहरूमा शुरु गरिएको छ। चिनियाँ जनमुक्ती सेनाले ताइवानको जलक्षेत्र र हवाई क्षेत्र नजिक संयुक्त लडाइ प्रशिक्षण अभ्यास आयोजना गरेको सिन्ह्वा समाचार एजेन्सीले यस अघि नै जनाइसकेको छ।

बढ्दो सैन्य गतिविधिले यस क्षेत्रको राजनीतिक र सामरिक सन्तुलनमा फेरबदल आउँन सक्ने बताइएको छ । यसै बीच ताइवान सरकारले अन्तर्राष्ट्रिय समुदायलाई ताइवानमाथि चीनको सैन्य दबाबको निन्दा गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  २ : २६ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन