जापानी प्रधानमन्त्री किशिदा र अमेरिकी सभामुख पेलोसीबीच भेटवार्ता | Khabarhub Khabarhub

जापानी प्रधानमन्त्री किशिदा र अमेरिकी सभामुख पेलोसीबीच भेटवार्ता


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानी प्रधानमन्त्री फुमियो किशिदा र अमेरिकी सभामुख न्यान्सी पेलोसीबीच भेटवार्ता भएको छ । एसियाको भ्रमणमा निस्केकी पेलोसीले जापानी प्रधानमन्त्री किशिदासँग भेटवार्ता गरेकी हुन् ।

भेटवार्ताका क्रममा अमेरिकी सभामुख पेलोसीले अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणपछि बढ्दो तनावका बीच ताइवान क्षेत्रमा शान्ति र स्थिरताको महत्त्वमा जोड दिएकी छिन् ।

‘हामी ताइवान स्ट्रेटमा शान्ति र स्थिरता सुनिश्चित गर्न सँगै काम गर्नेछौं,’ किशिदाले पेलोसीसँगको भेटपछि उल्लेख गरेको जापानी समाचार संस्था क्योदो न्युजले जनाएको छ ।

‘चीनको व्यवहारले यस क्षेत्र र विश्वको शान्ति र स्थायित्वमा गम्भीर असर पारेको छ र हामीले चीनलई त्यस किसिमका अभ्यास तत्काल रोक्न आह्वान गरेका छौं,’ उनले भने।

जापान सरकारले बिहीबार आफ्नो विशेष आर्थिक क्षेत्रमा चिनियाँ सेनाले पाँच वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको घटनाप्रति निन्दा गर्दै यसलाई ‘अत्यन्त जबरजस्ती’ कार्यको संज्ञा दिएको छ ।

सभामुख पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियामा चीनले लाइभ फायर ड्रिलहरू सञ्चालन गरिरहेको छ । चीनले हिजो मात्रै प्रक्षेपण गरेको क्षेप्यास्त्र ओकिनावाको दक्षिणी प्रान्तको हातेरुमा टापुको दक्षिणपश्चिममा रहेको क्षेत्रमा खसेको थियो ।

जापानको क्योदो समाचार संस्थाले जापानले चीनलाई तुरुन्तै सैन्य अभ्यास बन्द गर्न आग्रह गरेको उल्लेख गरेको छ। ‘यो एउटा गम्भीर विषय हो जुन हाम्रो देशको राष्ट्रिय सुरक्षा र जनताको सुरक्षासँग सम्बन्धित छ,’ जापानी रक्षामन्त्री नोबुओ किशीले बताएका छन् ।

फुमियो किशिदा सरकारले चिनियाँ सरकारसमक्ष कूटनीतिक विरोध जनाइसकेको छ । अगस्ट ४ मा चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी जलक्षेत्रमा थुप्रै ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको छ । यसका कारण ताइवानको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको छ र यस क्षेत्रमा क्षेत्रीय तनाव पनि बढाएको छ ।

लाइभ फायर ड्रिलहरू टापुको वरिपरि रहेका विभिन्न सात क्षेत्रहरूमा शुरु गरिएको छ । चिनियाँ जनमुक्ती सेना पीएलएले ताइवानको जलक्षेत्र र हवाई क्षेत्र नजिक संयुक्त लडाइ प्रशिक्षण अभ्यास आयोजना गरेको सिन्ह्वा समाचार एजेन्सीले यस अघि नै जनाइसकेको छ ।

बढ्दो सैन्य गतिविधिले यस क्षेत्रको राजनीतिक र सामरिक सन्तुलनमा फेरबदल आउँन सक्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको जवाफमा सैन्य अभ्यासको रूपमा गरिएको जापानको विशेष आर्थिक क्षेत्रमा चीनको मिसाइल प्रक्षेपणको पनि अमेरिकाले निन्दा गरेको छ।

राष्ट्रिय सुरक्षा परिषद्का रणनीतिक सञ्चार संयोजक जोन किर्बीले बिहीबार एक ब्रिफिङ्गमा भनेका छन्– ‘हामी यी कार्यहरूको निन्दा गर्छौं जुन गैरजिम्मेवार छन् । यी कार्यहरू ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम गर्ने हाम्रो लामो समयदेखिको लक्ष्यसँग बाझिएको छ।’

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ४ : २५ बजे

क्लब विश्वकप – मेसीको गोलमा मियामीको पहिलो जित

काठमाडौं – लियोनल मेसीको गोलमा इन्टर मियामीले फिफा क्लब विश्वकप

पुछिघाटको झोलुङ्गेपुल अस्थायी रूपमा मर्मत, स्थानीय खुसी

मन्थली– रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने पुछिघाटको

अमेरिकाले इजरायल-इरान युद्धमा प्रत्यक्ष सहभागी हुने निर्णय दुई सातामा गर्ने

वाशिङ्टन – इजरायल र इरान युद्धमा अमेरिकी उपस्थितिका बारेमा राष्ट्रपति

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले जवाफ दिने 

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन

ग्वार्को ‘फ्लाई ओभर’ आज उद्घाटन हुँदै : लागत ३१ करोड ४६ लाख

काठमाडौं – उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को