फ्लाएर्स फिल्म अवार्डको मनोनयन विधा सार्वजनिक « Khabarhub

फ्लाएर्स फिल्म अवार्डको मनोनयन विधा सार्वजनिक


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय तह निर्वाचनका कारण पछाडि धकेलिएको ‘फ्लाएर्स फिल्म अवार्ड-२०७९’ आउँदो ५  कात्तिकमा आयोजना हुँदै छ । प्रदेश १ मै पहिलो पटक हुन लागेको यो फिल्म अवार्ड ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बईको डिजाइनमा आयोजना गर्दै छ ।

विराटनगरमा हुने अवार्ड शोको मनोनयन विधा आयोजकले सार्वजनिक गरेका छन् । मनोनयनमा बेस्ट हिरो, बेस्ट हिरोइन, बेस्ट डिरेक्टर, बेस्ट म्युजिक डिरेक्टर, बेस्ट एक्सन डिरेक्टर, बेस्ट कोरियोग्राफर, बेस्ट प्लेब्याक सिंगर मेल, बेस्ट प्लेब्याक सिंगर फिमेल, बेस्ट कोमिक रोल मेल, बेस्ट सिनेमाटोग्राफी, बेस्ट डेब्यु मेल हिरो, बेस्ट डेब्यु फिमेल हिरोईन, बेस्ट सपोर्टिङ एक्टर मेल, बेस्ट सपोर्टिङ एक्टर फिमेल, बेस्ट इन नेगेटिभ रोल, बेस्ट स्टोरी, बेस्ट स्कृनप्ले, बेस्ट लिरिक्स, बेस्ट मुभी अफ द ईयर, लाईफ टाइम अचिभ्मेन्ट अवार्ड, पब्लिक च्वाइस बेस्ट हिरो अवार्ड, पब्लिक च्वाइस बेस्ट हिरोईन अवार्ड र जुरि अवार्ड गरी २३ विधा छन् ।

आयोजकका अनुसार यति बेला आवेदन खुल्ला गरिएको र २०७६, २०७७ र २०७८ सालमा प्रदर्शन भएका नेपाली फिल्महरूलाई यो अवार्डमा निःशुल्क दर्ता गरिनेछ । आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजवंशीले मोफसलमा समेत नेपाली फिल्मको विकास, विस्तार र उन्नतिको लक्ष्य लिएर पहिलो संस्करण विराटनगरमा आयोजना गर्न लागिएको बताए ।

‘विराटनगरजस्तो ठूलो सहरमा समेत नेपाली फिल्मको बजार उच्च छैन । कतिपय राष्ट्रिय स्तरका कलाकारलाई समेत दर्शकले चिन्दैनन् । त्यसैले यो अवार्डले नेपाली फिल्म तथा कलाकारप्रति दर्शकको अभिरुचि बढाउने विश्वास लिएका छौँ,’ उनले भने ।

अवार्ड समारोहको अध्यक्षमा मुकेश बुढाथोकी, उपाध्यक्षमा रविन थापा, प्रबन्ध निर्देशकमा चन्द्रप्रकाश राजवंशी, एक्टिभिटिज डाईरेक्टर हरि सिवाकोटी, बजार प्रमुखमा चन्द्रमणि सिवाकोटी रहेका छन् भने प्रमुख सल्लाहकारमा अनिशसिंह ठकुरी, सल्लाहकारमा विवेक न्यौपाने, कार्यक्रम संयोजकमा आशिमा दुतराज, सञ्जु सापकोटा र रविना राजवंशी, व्यवस्थापनमा विमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ३ : ४९ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा