फ्लाएर्स फिल्म अवार्डको मनोनयन विधा सार्वजनिक « Khabarhub

फ्लाएर्स फिल्म अवार्डको मनोनयन विधा सार्वजनिक


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय तह निर्वाचनका कारण पछाडि धकेलिएको ‘फ्लाएर्स फिल्म अवार्ड-२०७९’ आउँदो ५  कात्तिकमा आयोजना हुँदै छ । प्रदेश १ मै पहिलो पटक हुन लागेको यो फिल्म अवार्ड ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बईको डिजाइनमा आयोजना गर्दै छ ।

विराटनगरमा हुने अवार्ड शोको मनोनयन विधा आयोजकले सार्वजनिक गरेका छन् । मनोनयनमा बेस्ट हिरो, बेस्ट हिरोइन, बेस्ट डिरेक्टर, बेस्ट म्युजिक डिरेक्टर, बेस्ट एक्सन डिरेक्टर, बेस्ट कोरियोग्राफर, बेस्ट प्लेब्याक सिंगर मेल, बेस्ट प्लेब्याक सिंगर फिमेल, बेस्ट कोमिक रोल मेल, बेस्ट सिनेमाटोग्राफी, बेस्ट डेब्यु मेल हिरो, बेस्ट डेब्यु फिमेल हिरोईन, बेस्ट सपोर्टिङ एक्टर मेल, बेस्ट सपोर्टिङ एक्टर फिमेल, बेस्ट इन नेगेटिभ रोल, बेस्ट स्टोरी, बेस्ट स्कृनप्ले, बेस्ट लिरिक्स, बेस्ट मुभी अफ द ईयर, लाईफ टाइम अचिभ्मेन्ट अवार्ड, पब्लिक च्वाइस बेस्ट हिरो अवार्ड, पब्लिक च्वाइस बेस्ट हिरोईन अवार्ड र जुरि अवार्ड गरी २३ विधा छन् ।

आयोजकका अनुसार यति बेला आवेदन खुल्ला गरिएको र २०७६, २०७७ र २०७८ सालमा प्रदर्शन भएका नेपाली फिल्महरूलाई यो अवार्डमा निःशुल्क दर्ता गरिनेछ । आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजवंशीले मोफसलमा समेत नेपाली फिल्मको विकास, विस्तार र उन्नतिको लक्ष्य लिएर पहिलो संस्करण विराटनगरमा आयोजना गर्न लागिएको बताए ।

‘विराटनगरजस्तो ठूलो सहरमा समेत नेपाली फिल्मको बजार उच्च छैन । कतिपय राष्ट्रिय स्तरका कलाकारलाई समेत दर्शकले चिन्दैनन् । त्यसैले यो अवार्डले नेपाली फिल्म तथा कलाकारप्रति दर्शकको अभिरुचि बढाउने विश्वास लिएका छौँ,’ उनले भने ।

अवार्ड समारोहको अध्यक्षमा मुकेश बुढाथोकी, उपाध्यक्षमा रविन थापा, प्रबन्ध निर्देशकमा चन्द्रप्रकाश राजवंशी, एक्टिभिटिज डाईरेक्टर हरि सिवाकोटी, बजार प्रमुखमा चन्द्रमणि सिवाकोटी रहेका छन् भने प्रमुख सल्लाहकारमा अनिशसिंह ठकुरी, सल्लाहकारमा विवेक न्यौपाने, कार्यक्रम संयोजकमा आशिमा दुतराज, सञ्जु सापकोटा र रविना राजवंशी, व्यवस्थापनमा विमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ३ : ४९ बजे

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

चितवन– फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको