खेलकुद

यू–२० च्याम्पियनसिपको उपाधि भारतलाई

By खबरहब

August 05, 2022

काठमाडौँ– साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि घरेलु टोली भारतले जितेको छ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई अतिरिक्त समयमा ५–२ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।

भारतलाई जित दिलाउन गुर्किरात सिंहले ह्याट्रिकसहित ४ गोल गरे । यस्तै हिमान्सु जान्ग्राले एक गोल गरे । बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक एक गोल गरे ।

रोमान्चक खेलमा सुरुआती अग्रता भारतले नै बनाएको थियो । दोस्रो मिनेटमा गुर्किरात सिंहले पेनाल्टीमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।

निर्धारित समयमा २–२ को बराबरीसँगै खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयको सुरुवाती मिनेटमा लगातार दुई गोलसँगै कुल तीन गरेपछि भारत जित हासिल गर्न सफल भएको थियो ।