आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला « Khabarhub

आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

उदयपुर – सप्तकोशी नदी किनारामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ ।

उदयपुरको बेलका नगरपालिका-८ सिसौली टप्पुस्थित जंगलमा हात्ती मृत फेला परेको हो । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सिसौली जंगलमा जंगली हात्ती मृत अवस्था फेला परेको थियो ।

डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहका अनुसार गए राति नै स्थानीयहरुले हात्ती मृत अवस्थामा फेला परेको जानकारी दिएको बताए ।

जंगली हात्ती मृत फेला परेपछि डिभिजन वन कार्यालय गाईघाटको टोली, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु डाक्टर सहित कोशी टप्पु वन्य जन्तु आरक्षका प्रतिनिधिहरु सहित पोस्टमार्टममा पुगेका थिए ।

उनले भने, ‘त्यही क्षेत्रमा घुमी रहने जंगली हात्ती केही दिन अघि नै मृत्यु हुन सक्ने अनुमान गरिएको थियो । हात्ती मृत अवस्थामा फेला परेकाले पोस्टमार्टम सहित अनुसन्धान अघि बढाएका छौँ । मृत्युको कारण पोस्टमार्टमको रिपोर्ट नआईकन भन्न सकिँदैन’ उनले भने  ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ७ : १५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्