एमाले धनुषाबाट महासेठ दम्पती सिफारिस  « Khabarhub

एमाले धनुषाबाट महासेठ दम्पती सिफारिस 


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेकपा एमाले धनुषाले प्रतिनिधि सभाको ४ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म दुई वटा निर्वाचन क्षेत्रको प्रत्यक्ष उम्मेदवार मात्रै छनौट गर्न सकेको छ ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ र ३ बाट महासेठ दम्पतीलाई प्रत्यक्षमा सिफारिस गरेको छ । क्षेत्र नम्बर ४ बाट प्रत्यक्षमा नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठलाई र क्षेत्र ३ बाट पोलिटव्युरो सदस्य जुली कुमारी महतोको नाम एकल सिफारिस भएको छ ।

पार्टीको सम्बन्धित क्षेत्रीय कमिटीहरुको आइतबार बसेको बैठकले महासेठ दम्पतीको नाम सिफारिस गरिएको नेकपा एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए । क्षेत्रहरुमा उनीहरु बाहेक कसैले इच्छा नराख्दा उनीहरूको नाम सिफारिस भएकोले उनले बताए । पूर्वमन्त्री समेत रहेकी महतो नेता महासेठका धर्मपत्नी हुन् ।

क्षेत्र नम्बर ३ र ४ बाट प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम सिफारिस गरिए पनि समानुपातिक तर्फका नाम अझै सिफारिस हुन नसकेको उनले बताए । पार्टीले भदौ २२ गतेसम्म सिफारिस गर्न समय दिएकोले अहिले बाँकी क्षेत्रीय कमिटीहरुको उम्मेदवार छनौटको विषयमा छलफलमै रहेको उनले बताए ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ७ : २० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका