सहनै कठिन छ जित पछिको दबाब | Khabarhub Khabarhub

सहनै कठिन छ जित पछिको दबाब


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गत वर्ष जब अम्मा राडुकानुले यूएस ओपनको उपाधि जितिन्। उनको खुसी मनाउने शैली धेरैका मनमा ताजै छ। भुईँमा र्‍याकेट फ्याँकेर उनले मस्त पल्टेर हातले मुख छोपेकी थिइन्। डानियल मेदभेदले पनि पहिलो ग्रान्डस्लाम उपाधि जितेपछि यसैगरी खुसीयाली मनाएका थिए।

२३ पटककी ग्रान्ड स्लाम उपाधि विजेता सेरेना विलियम्सले पनि सन् १९९९ मा पहिलो पटक ग्रान्डस्लाम जित्दा त्यस्तै खुसी मनाएकी थिइन्। खेल सकिएपछि त झन् होस हवास नै उडे जस्तो भएको सेरेना अहिले पनि सम्झिन्छिन्।

सन् २००० यताका ४५ ग्रान्डस्लाम विजेता मध्यका ३४ ले पहिलो उपाधिपछि दोस्रो ग्रान्डस्लाम उपाधि जित्नका लागि एक वर्ष भन्दा बढी समय पर्खनु परेको थियो। विलियम्सले पनि पहिलो ग्रान्डस्लाम जितेपछि दोस्रो ग्रान्डस्लामका लागि अढाई वर्ष पर्खनु परेको थियो।

पछिल्ला २० वर्ष टेनिसको संसारमा तीन खेलाडीको अत्यधिक दबदबा रह्यो। यी तीनका लागि हार भन्दा जित धेरै सहज विषय हुने गरेको थियो। यिनका लागि पहिलो उपाधि जिती सकेपछि यसमा अर्को उपाधि थप्न कठिन भएन। पहिलो उपाधिका लागि भने धेरै कठिन भएको थियो। पछिल्लो दुई दशक रोजर फेडेरर, राफेल नाडाल र नोभाक जोकोभिकको दबदबामै टेनिसका कालखण्ड बितेको थियो।

पछिल्ला २० वर्ष टेनिसको संसारमा तीन खेलाडीको अत्यधिक दबदबा रह्यो। यी तीनका लागि हार भन्दा जित धेरै सहज विषय हुने गरेको थियो। यिनका लागि पहिलो उपाधि जिती सकेपछि यसमा अर्को उपाधि थप्न कठिन भएन।

टेनिसकै हकमा लगातार एक्लै १० महिना भिन्ना भिन्नै वातावरणमा यात्रा गर्नु आफैंमा कठिन हो। भिन्न मौसम, भिन्न समय र भिन्न तापक्रम यी सबैमा अभ्यस्त हुनु साँच्चै कठिन हो। पहिलो ग्रान्डस्लाम जितेपछिको मानसिक दबाब त छदै छ। खेल मनोविज्ञ ज्यारोर्ड स्पेन्सरकै विचारमा पहिलो जितपछि खेलिने खेलमा आफन्त र आफ्नो शुभेच्छुकको प्रतिक्रिया के रहला ? भन्ने दबाबले सताइ रहन्छ। यसकै कारण एन्जाइटीको समस्या पनि निम्तिन सक्छ। सबै आफन्त र शुभेच्छुकको माझमा खेल्दा सबै दबाबकै बीचमा आफै माथि विश्वास गर्न सके यसले सहज बनाउँछ। एउटै स्तर र प्रतिस्पर्धात्मक खेलमा त आत्मविश्वास नै प्रमुख हो।

कुनै समय विश्व वरियतामा सातौँ स्थानमा पुगेका बारबरा स्केटको अनुभव अर्कै छ। उनी भन्छिन्, ‘जब म शीर्ष १० भित्र परेँ। तब कोर्टमा प्रवेश गर्दा म हार्दिन, पक्कै जित्छु नै भन्ने लाग्थ्यो। मिथक व्यक्तित्व भएकाहरूको प्रस्तुतिको त झन् कुरै नगरौँ।’ स्केटले आफ्नो खेल जीवनमा सेरेनासँग तीन पटक भेटे। उनी कहिले पनि जित हात पार्न सकिनन्। अन्तिम पटक यी दुईको भेट सन् २००३ को फ्रेन्च ओपनमा भएको थियो। त्यस प्रतियोगितामा उनी ६–० ६–० ले पराजित भएकी थिइन्।

स्केटलाई अझ याद छ। सेरेनाको कोर्टमा उपस्थिति नै यस्तो थियो कि उनी प्रवेश गर्दा नै जिती सकेको जस्तो लाग्थ्यो। मैले त्यस समय सोचेको थिए, ‘यस्ती बलियी केटी, यस्तो कठोर प्रहार गर्ने, यत्ति राम्रो खेल्ने। बरु अहिले नै खेल छाडेर ड्रेसिङ रुममा जाउकी क्या हो।’

राडुकानुको हकमा सबै कुरा फरक भएको छ। उनले पहिलो ग्रान्डस्लाम जितेपछि लगातार सर्भिस फर्काउने खुबी र शक्तिशाली ग्राउन्ड स्ट्रोकको कारण उनको विजयको शृङ्खला नै सुरु हुने अपेक्षा गरिएको थियो। बेलायतको पहिलो बिलियन डलर स्पोर्ट्स स्टार हुने सम्भावना देखे पछि प्रायोजक पनि नपाएकी होइनन्। आरआर स्पोर्टले उनको प्रयोजन गरेको थियो।

स्केटलाई अझ याद छ। सेरेनाको कोर्टमा उपस्थिति नै यस्तो थियो कि उनी प्रवेश गर्दा नै जिती सकेको जस्तो लाग्थ्यो। मैले त्यस समय सोचेको थिए, ‘यस्ती बलियी केटी, यस्तो कठोर प्रहार गर्ने, यत्ति राम्रो खेल्ने। बरु अहिले नै खेल छाडेर ड्रेसिङ रुममा जाउकी क्या हो।’

नाइकसँगको एक अन्तरवार्तामा उनले आफू अन्य जितको खोजीमा रहे पनि खेल शैलीमा केही नमिलेको जस्तो महसुस भएको बताइन्।
राडुकानुको पहिलो एक वर्ष त चोटको समस्याले बित्यो। छालामा समस्या, ढाडमा समस्या र छेउमा जोर्नी दुख्ने समस्याले उनी आजित भएकी छन्। पिँडुलाको चोटका कारण उनले यस वर्ष भएका धेरै प्रतियोगिता नै त्यागिन्।

त्यस सनसनीपूर्ण सफलता पाएको यूएस ओपन पछि तीन ग्रान्डस्लाममा सहभागिता जनाएकी राडुकानु दोस्रो चरण भन्दा अघि बढ्न सकेकी छैनन्। ‘उनीमाथि धेरै आशा गरिएको छ’, स्केटले भनिन, ‘पक्कै उनले अर्को उपाधि जित्ने चाहना राखेकी छिन्।’ उनी आफ्नो सफलता वान डे वन्डर या टु विक वन्डर मात्र होइन भन्ने संसारका सामु पुष्टि गर्न चाहन्छिन्। तर, धेरै दबाबले उनलाई थिची रहेको छ।

१९ वर्षीय यी खेलाडीको लागि पहिलो वर्षको डब्लुटीए टुर साँच्चै उत्साहप्रद भएको थियो। तर, यो सिजन हरेक हार र हरेक असफलतापछि उनको क्षमता माथि प्रश्न उठ्न थालेका छन्।

सन् २०२० मा पहिलो ग्रान्डस्लाम जित्न बाँकी रहँदा उनी ३ सय ५२ औं वरियतासहित त्यो वर्षको अन्त्य गरेकी थिइन्। त्यसपछि सन् २०२१ स्वर्णिम भए पनि राडुकानु फेरि इन्जुरीको मारमा परेपछि यो वर्ष सोचेजस्तो राम्रो भएन। ‘टेनिस छिटो खेल भइसकेको छ। जब पूर्ण फिट हुन सकिँदैन। त्यसपछि सफलता पाउन कठिन हुन्छ। मेरो हकमा पनि त्यसै भएको हो’, राडुकानुले भनिन्।

यसलाई मनोविश्लेषक स्पेन्सरले भने फरक ढङ्गले व्याख्या गरेका छन्। उनले कुनै पनि खेलाडीले सन्तुष्टि प्राप्त गरिसकेपछि उ रिल्याक्स मुडमा हुने र यसको असर खेलमा पर्ने प्रतिक्रिया व्यक्त गरेका छन्। उनले यसलाई खाने कुरासँग पनि तुलना गरेका छन्। ‘जब तपाईंलाई भोक लाग्छ र केही खानु हुन्छ खाइसके पछि त्यसमा जोड हुँदैन। यस कारण खेलाडीको पनि निश्चित कुरामा मात्र भोक रहेमा उसको लय बिग्रन सक्छ।’

१९ वर्षीय यी खेलाडीको लागि पहिलो वर्षको डब्लुटीए टुर साँच्चै उत्साहप्रद भएको थियो। तर, यो सिजन हरेक हार र हरेक असफलतापछि उनको क्षमता माथि प्रश्न उठ्न थालेका छन्।

यस कारण कुनै पनि खेलाडीले मानसिक स्वास्थ्यका बारे कुरा गर्न आवश्यक रहेको कुरामा उनी जोड दिन्छन्। गत वर्ष फ्रेन्च ओपन जारी रहेकै समयमा चार पटककी ग्रान्डस्लाम विजेता नाअ‍ोमी ओसाकाले बीचमा नै खेल त्यागेकी थिइन्। उनले सन् २०१८ मा पहिलो ग्रान्डस्लाम उपाधि जितेपछि त्यसले निराशा पैदा गराउँदै लगेको तथा इन्जाइटी भएको प्रतिक्रिया दिएकी छन्। यसको असर लामो समयपछि देखिएको उनले बताएकी छिन्।

इगा स्वाइटेकले सन् २०२० को फ्रेन्च ओपन उपाधि जित्नुमा मनोचिकित्सक डारिया अब्राहमोभिचसँगको सम्पर्क महत्त्वपूर्ण भएको बताएकी छन्। स्पेन्सरकै विचारमा मानसिक स्वास्थ्यलाई नियन्त्रण गर्न खेलाडीको जीवनमा धेरै नै महत्त्वपूर्ण हुन्छ। यसको उदाहरण थीयम पनि हुन्। उनले १४ महिनाको अन्तरालमा बास्टक ओपनमा पहिलो एटीपी टुर म्याचको खेल जितेकी थिइन्। उनले जुलाई सन् २०२२मा भएको खेलको पहिलो चरणमा फिनल्यान्डका अमिल रसभाउरीलाई हराएकी थिइन्।

पछिल्लो समय राडुकानुले पनि केही सानदार उपलब्धि प्राप्त नगरेकी होइनन्। सिनसिननाटीको वेस्टर्न ओपन तथा साउथर्न ओपनमा उनले सेरेना विलियम्स र भिक्टोरिया अराजेन्कोलाई हराएकी थिइन्। उनी जेसिका पगालीसँग पराजित भएकी थिइन्। उनको शीर्ष १० भित्रको खेलाडीसँगको यो पहिलो भिडन्त थियो।सिनसिननाटी पछि यूएस ओपनमा राम्रो प्रदर्शन गर्ने आशा गरिएका राडुकानुका लागि यूएस ओपन पनि सुखद रहन सकेन। ११ वरीयताकी उनी पहिलो चरणमा नै फ्रान्सेली खेलाडी एलाइज कोर्नेटसँग पराजित भइन्।

पछिल्लो समय राडुकानुले पनि केही सानदार उपलब्धि प्राप्त नगरेकी होइनन्। सिनसिननाटीको वेस्टर्न ओपन तथा साउथर्न ओपनमा उनले सेरेना विलियम्स र भिक्टोरिया अराजेन्कोलाई हराएकी थिइन्। उनी जेसिका पगालीसँग पराजित भएकी थिइन्।

युएस ओपनको अन्तिम चरणका ८ खेलमा राडुकानुको यो पहिलो हार हो। सन् २०१७ मा एन्जेलीक क्वेवर पछि पहिलो चरणमा बाहिरिने उनी पहिलो साबिक विजेता खेलाडी पनि भइन्। एक वर्ष अगाडि सनसनीपूर्ण जित हात पारेकी राडुकानुका लागि यस वर्ष सुखद हुन सकेन। परन्तु, यी टिन एजरका सामु भविष्यमा थुप्रै सम्भावना छ। तर, हेरौँ उनले मानसिक दबाबबाट कसरी मुक्ति पाउँछन्। स्रोत : सीएनएन, यूएसओपन

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ८ : ०८ बजे

विकासका लागि राजनीतिक स्थिरता आवश्यक : उपप्रधानमन्त्री सिंह

भक्तपुर– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको सबै क्षेत्रको

चट्याङ लागेर वृद्धको मृत्यु

बाजुरा– चट्याङ लागेर बाजुरामा  एक वृद्धको मृत्यु भएको छ ।

चन्द्रपुरमा अवैध सालको काठ बरामद

रौतहट– पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर स्थित प्रहरीले अवैध

‘जुम्लामा नूनको अभाव छैन’

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार १६०

काठमाडौंमा मनाइयो जितिया पर्व

काठमाडौं– मैथिल र थारू समुदायका महिलाले विशेष रुपमा मनाउने जितिया