भारतीय स्थल सेना प्रमुख पांडेले आज नेपाली सेनाको ‘मानार्थ महारथी’को दर्ज्यानी चिह्न पाउने « Khabarhub

भारतीय स्थल सेना प्रमुख पांडेले आज नेपाली सेनाको ‘मानार्थ महारथी’को दर्ज्यानी चिह्न पाउने


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच दिने नेपाल भ्रमणका रहेका भारतीय स्थल सेनाका प्रमुख मनोज पांडेले आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न पाउने भएका छन्।

शीतलनिवासमा दिउँसो ३ बजे हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पांडेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।

त्यसअघि पांडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि उनलाई नेपाली सेनाको मुख्यालय जंगीअड्डामा गार्ड अफ अनर दिने कार्यक्रम छ ।

पाँच सदस्यीय टोलीका साथ हिजो काठमाडौँ आइपुगेका पांडेले भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग घोषणा गर्ने तयारी रहेको नेपाली सेनाले जनाएको छ।
साँझ जंगीअड्डामा पाण्डेको सम्मानमा रात्रिभोज कार्यक्रम छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ९ : ५८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्