काठमाडौं उपत्यकामा एकैदिन ३४ सय १९ सवारी चालक कारबाहीमा  « Khabarhub

काठमाडौं उपत्यकामा एकैदिन ३४ सय १९ सवारी चालक कारबाहीमा 


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४१९ जना सवारी चालकहरूलाई आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २९० जना, हर्नको अनावश्यक प्रयोग गर्ने २३० जना, मदिरा पिएर सवारी साधन चलाउने १५८ जना र तीव्र गतिमा सवारी साधन चलाउने ११९ जना रहेका छन् ।

यस्तै ढोका खुल्लै राखेर सवारी चलाउने १२५ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने १०६ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने १०६ जना, लेन उल्लङ्घन गर्ने ९२ जनालाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

रातो बत्तीको उल्लङ्घन गर्ने ८६ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकमाथि पनि कारबाही गरिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ११ : ०७ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै