आज फलफूल र तरकारीको मूल्य कति?  « Khabarhub

आज फलफूल र तरकारीको मूल्य कति? 


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल र तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार सबैभन्दा सस्तो तरकारीमा भन्टा लाम्चो रहेको छ । जुन प्रतिकेजीको १२ रुपैयाँ ४० पैसा तोकिएको छ । स्कुसको मूल्य १७ रुपैयाँ ५० पैसा रहेको छ ।

सबैभन्दा बढी महँगो कुरिलो केजीको ५५० रुपैयाँ रहेको छ । समितिका अनुसार अदुवा केजीको ९६.६७ रुपैयाँ, अनार, ३३३.३३, अमला ११० रुपैयाँ, आलु रातो केजीको ६१ रुपैयाँ, भारतीय आलु ३७ रुपैयाँ रहेको छ । यस्तै, मुडेको आलु भने ५४.६७ रुपैयाँ तोकिएको छ। काउली स्थानीय ७५ रुपैयाँ किलोमा कारोबार भइरहेको छ ।

लोकल काँक्रो ७५ रुपैयाँ र कागती २४५ रुपैयाँ प्रतिकेजी मूल्य रहेको छ । खुर्सानी हरियो (अकबरे) १८३.३३ रुपैयाँ केजीको पर्दछ । गुन्द्रुक २७५ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ५७.५० रुपैयाँ केजीको रहेको छ । सानो गोलभेँडा (टनेल) को ४५.२० रुपैयाँ रहेको छ ।

घिरौँला २५ रुपैयाँ प्रतिकेजी रहेको छ । चिचिन्डो २३ रुपैयाँ, चुकुन्दर ७६.६७ रुपैयाँ, च्याउ (कन्य) १९० रुपैयाँ रहेको र च्याउ(डल्ले) ३२५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ११ : १२ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका