आज फलफूल र तरकारीको मूल्य कति?  « Khabarhub

आज फलफूल र तरकारीको मूल्य कति? 


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल र तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार सबैभन्दा सस्तो तरकारीमा भन्टा लाम्चो रहेको छ । जुन प्रतिकेजीको १२ रुपैयाँ ४० पैसा तोकिएको छ । स्कुसको मूल्य १७ रुपैयाँ ५० पैसा रहेको छ ।

सबैभन्दा बढी महँगो कुरिलो केजीको ५५० रुपैयाँ रहेको छ । समितिका अनुसार अदुवा केजीको ९६.६७ रुपैयाँ, अनार, ३३३.३३, अमला ११० रुपैयाँ, आलु रातो केजीको ६१ रुपैयाँ, भारतीय आलु ३७ रुपैयाँ रहेको छ । यस्तै, मुडेको आलु भने ५४.६७ रुपैयाँ तोकिएको छ। काउली स्थानीय ७५ रुपैयाँ किलोमा कारोबार भइरहेको छ ।

लोकल काँक्रो ७५ रुपैयाँ र कागती २४५ रुपैयाँ प्रतिकेजी मूल्य रहेको छ । खुर्सानी हरियो (अकबरे) १८३.३३ रुपैयाँ केजीको पर्दछ । गुन्द्रुक २७५ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ५७.५० रुपैयाँ केजीको रहेको छ । सानो गोलभेँडा (टनेल) को ४५.२० रुपैयाँ रहेको छ ।

घिरौँला २५ रुपैयाँ प्रतिकेजी रहेको छ । चिचिन्डो २३ रुपैयाँ, चुकुन्दर ७६.६७ रुपैयाँ, च्याउ (कन्य) १९० रुपैयाँ रहेको र च्याउ(डल्ले) ३२५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ११ : १२ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा