बेलायतले आज नयाँ प्रधानमन्त्री पाउने « Khabarhub

बेलायतले आज नयाँ प्रधानमन्त्री पाउने


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायतको प्रधामन्त्रीको रुपमा बोरिस जोनसनको उत्तराधिकारी आज (सोमवार) घोषणा हुने भएको छ ।

सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नेता रहेका जोनसनले झन्डै २ महिनाअघि राजीनामा दिएपछि रिक्त सो पदमा अन्तिम चरणमा लिज ट्रस र ऋषि सुनाकबीच प्रतिस्पर्धा हुँदैछ ।

सुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा ८ जना उम्मेदवारी दिए पनि अन्तिममा दुईजनाबीच दलको नेताको लागि निर्वाचन भएको थियो । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि पार्टी सदस्यहरुले मतदान गरिसकेका छन् ।

सो मतदानको परिणाम बेलायती समय अनुसार दिउँसो १२ बजे आइसक्ने बताएको छ । दुई प्रतिस्पर्धी ऋषि सुनाक र लिज ट्रसमध्ये एक जना पार्टी नेता चुनिएपछि बेलायत महारानीले नयाँ प्रधानमन्त्री नियुक्ति गर्नेछिन् ।

सन् २०१९ को आम निर्वाचनमा बहुमत ल्याएर प्रधानमन्त्री बनेका बोरिस जोन्सनविरुद्ध आफ्नै मन्त्रिपरिषद् का ५ दर्जन सदस्यहरुले विद्रोह गरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए । टोरी सदस्यहरुको सर्वेक्षणमा विदेशमन्त्री ट्रसले स्पष्ट जित हासिल गर्ने देखिएको बेलायती  सञ्चार माध्यमले जनाएका छन् ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १२ : ४९ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै