दिउसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउसो १ बजेसम्मका मुख्य १० समाचार


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ:  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. ‘वर्तमान शैक्षिक परिपाटीलाई विश्वस्तरको सीप र विकाससँग जोडिन आवश्यक’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले देशका वर्तमान शैक्षिक परिपाटीलाई विश्वस्तरको सीप र आर्थिक विकाससँग जोडिनुपर्ने आवश्यक रहेको बताएका छन् । महोत्तरीको वर्दिवास नगरापालिका खयरमारामा आज निर्मल लामा बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

वर्तमान २१ औ शताब्दीमा विश्वका शैक्षिकस्तरसँग नेपालको शिक्षास्तरलाई तुलानात्मक रुपमा अगाडि बढाउनुपर्ने उनले बताए । नेपालको शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमको हुनुपर्नेमा अध्यक्ष दाहाले जोड दिए । निर्मल लामा बहु प्राविधिक शिक्षालय मधेश प्रदेशमा मात्र सीमित नभई यसले देशभरिकै शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा दाहालले विश्वास व्यक्त गरे ।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, शिक्षा राज्यमन्त्री वोधमाया यादव, पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेल, मधेश प्रदेशका गृह तथा संचारमन्त्री भरतप्रसाद साह लगायतको उपस्थिती रहेको थियो ।

२ संविधानले तोकेको अधिकार स्थानीय सरकारलाई दिए मात्र देशको प्रगति हुन्छ : मन्त्री श्रेष्ठ

राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई संविधानले तोकिएको अधिकार दिए मात्र देशको प्रगति हुने  बताएका छन् ।

राष्ट्रियसभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिले आज हेटौँडामा आयोजनामा गरेको ‘संघीय शासन प्रणाली सबलीकरण विषयक अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उनले स्थानीय सरकारलाई जति अधिकार दियो त्यति देशको प्रगति हुने बताएका हुन्  स्थानीय, प्रदेश र सङ्घबीच अधिकारको सम्बन्धमा विवाद हुने गरेको भन्दै उनले स्थानीय सरकारलाई संविधानले तोकेको अधिकार दिनुपर्ने  बताए ।

राज्यमन्त्री श्रेष्ठले विकास निर्माणको काममा प्रदेश–प्रदेशका बिचमा प्रतिष्पर्धा हुनुपर्ने उल्लेख गरे । उनले प्रदेश र स्थानीय सरकारले रोजगारमूलक र व्यवसायमूलक शिक्षामा ध्यान दिनुपर्ने धारणा राखे ।

३. उड्डयनमन्त्री श्रेष्ठमाथि कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका छन् ।

आज प्रहरी हिरासतमा रहेका शेरजंग कुँवरलाई भेटेपछि लामिछानेले उनलाई स-सम्मान रिहा गर्न माग गर्दै नियम मिचेर लाइन नबस्ने मन्त्री श्रेष्ठलाई कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका हुन् ।कुँवरले आफू निर्दोष रहेको भन्दै मन्त्रीलाई कुनै दुर्व्यवहार नगरेको लामिछानेले बताएका छन् ।

 गत शुक्रबार क्यानडाको भिसा प्रोसेसका लागि छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठ र उनका सुरक्षाकर्मीलाई सेक्युरिटी गार्ड कुँवरले लाइनमा बस्न भन्दै रोकेका थिए । तर, मन्त्री श्रेष्ठले शक्तिको दुरुपयोग गर्दै सोही दिन  साँझ नै कुँवरलाई पक्राउ गर्न लगाई हिरासतमा राख्न निर्देशन दिएका थिए ।

४. प्रधानसेनापति प्रभुराम शर्मा भारतीय स्थल सेनाध्यक्ष मनोज पांडेबीच भेटवार्ता 

प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेनाध्यक्ष मनोज पांडेबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले  जानकारी दिए ।

भेटवार्तामा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय हित, सैन्य सहयोग लगायतका विषयमा छलफल भएको जनाइएको छ ।  यसअघि सेना प्रमुख जनरल पाँडेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका थिए । सो क्रममा सेना प्रमुख पाँडेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डाले आज सम्मान गारत अर्पण गरेका थिए ।

सो अवसरमा पाण्डेले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरेका थिए । यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उनलाई राष्ट्रपति भवन शीतल निवासमा आज दिउँसो  ३ बजे एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले  नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । 

५. भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट नयाँ नोट सटही गर्न पाउने  

यो वर्षको दसैँ, तिहार र छठका लागि   भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट  नयाँ नोट सटही  गर्न पाउने भएका छन् । सर्वसाधारणलाई भने  भदौ २९ गतेदेखि नयाँ नोटको सटही सुविधा दिने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ ।

चालु आर्थिक वर्षभरि नै राष्ट्र बैंकले आफ्ना कार्यालयहरू र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको छ । राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले भदौ अन्तिम साता देखि सहज तरिकाले नयाँ नोट वितरणको वातावरण मिलाइने  बैंकले जनाएको छ ।

६.  पाल्हीनन्दन गाउँपालिकाका अध्यक्षविरुद्ध  पक्राउ पुर्जी जारी 

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध पुर्जी जारी भएको छ । भारतीय नागरिकलाई योजनाबद्ध तरिकाले फसाउन लागूऔषध राखिएको विषय अनुसन्धानबाट पुष्टि भएपछि गुप्ताविरुद्ध नवलपरासी अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

गाउँपालिका अध्यक्ष गुप्ताको योजनामा भारतीय नागरिकद्वय रामा गुप्ता र जितेन्द्र पासवानलाई फसाउन लागूऔषध राखेर प्रहरीमार्फत पक्राउ गराइएको पाइएको छ ।  गत असार २२ गते जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिक गुप्ता र उनका सहयोगी पासवानको साथबाट दुई सय ७० सेट डाइजेपाम, नुरर्फिन र फेनार्गन लागूऔषध बरामद भएको प्रहरीले दाबी  गरेको थियो  ।

तर, अनुसन्धानका क्रममा गुप्तालेनिर्दोष व्यक्तिलाई योजनाबद्ध रुपमा फसाउन र एक करोड रुपैयाँभन्दा बढी हडप्ने उद्देश्यले घटनाको योजना बनाई फसाएको खोजेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पुर्जी जारी भएपछि उनी हाल  फरार रहेका  छन् । उनी फरार भएपनि एक हप्ताभित्र मुद्दा दर्ता गर्ने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।

७ बेलायतको प्रधानमन्त्रीको दौडमा नेता ट्रस र  सुनाकबीच प्रतिस्पर्धा हुँदै  

बेलायतको प्रधानमन्त्रीको रुपमा बोरिस जोनसनको उत्तराधिकारी आज घोषणा हुने भएको छ । सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नेता रहेका जोनसनले झण्डै २ महिनाअघि राजिनामा दिएपछि रिक्त सो पदमा अन्तिम चरणमा लिज ट्रस र ऋषि सुनाकबीच प्रतिस्पर्धा हुँदैछ

शुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा ८ जना उम्मेदवारी दिए पनि अन्तिममा दुईजनाबीच दलको नेताको लागि निर्वाचन भएको थियो । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि पार्टी सदस्यहरूले मतदान गरिसकेका छन् ।

दुई प्रतिस्पर्धी सुनाकट्रसमध्ये एक जना पार्टी नेता चुनिएपछि बेलायत महारानीले नयाँ प्रधानमन्त्री नियुक्ति गर्नेछिन् । सन् २०१९ को आम निर्वाचनमा बहुमत ल्याएर प्रधानमन्त्री बनेका बोरिस जोन्सनविरुद्ध आफ्नै मन्त्रिपरिषद्का ५ दर्जन सदस्यहरूले विद्रोह गरेपछि प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य भएका थिए ।

टोरी सदस्यहरूको सर्वेक्षणमा विदेशमन्त्री ट्रसले स्पष्ट जित हासिल गर्ने देखिएको बेलायती  सञ्चार माध्यमले जनाएका छन् ।

८. बङ्गलादेशका प्रधानमन्त्री हसिना भारत प्रस्थान 

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना चारदिने भ्रमणमा क्रममा आज भारत प्रस्थान  गरेकी  छन् । कोभिड-१९ महामारी सुरु भएयता प्रधानमन्त्री  हसिनाको  यो पहिलो भारत भ्रमण हो । भ्रमणका क्रममा उहाँले राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्नुहुने छ भने प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको  छ । यस्तै उनले विदेशमन्त्री एस जयशङ्करले पनि प्रधानमन्त्री हसिनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।  भेटवार्ताका क्रममा दुईदेशको  तह र सामुद्रिक सीमाङ्कन, रक्षा सहयोग बढाउने, सम्पर्क सञ्जाल विस्तार, विकास सहायता, सांस्कृतिक आदानप्रदान, ऊर्जा प्रवर्द्धन गर्ने  लगायत पारस्परिक हित र चासको विषय वार्ता केन्द्रित हुने बताइएको छ । सन् २०२१ मा दुई देशबीचको सम्बन्ध ५० औँ वर्षमा प्रवेश गरेपछिको उहाँको  यो पहिलो भ्रमणलाई भारतले महत्व दिएको छ । केही वर्षयता भारत र बङ्गलादेशले सम्पर्क सञ्जाल विस्तार तथा क्षेत्रीय सहयोग प्रवर्द्धनका प्रयास  गरिरहेका छन् । 

९. तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले घरेलु टोली केन्याविरुद्ध  पहिले बलिङ गर्ने 

तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले घरेलु टोली केन्याविरुद्ध  पहिले बलिङ गर्ने भएको छ ।नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

केन्याले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ ।नेपाल आज एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनामा हुनेछ । तीन खेलको सिरिजमा नेपाल २-० ले अघि रहेको छ ।

यस अघि नै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा जित निकाल्दै एकदिवसीय सिरिज ३-० ले आफ्नो बनाउन चाहन्छ । यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा सान्त्वना जित हात पार्न चाहन्छ ।

नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।

१०. महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालको कप्तानी एन्जिला तुम्बापोले गर्ने   

नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालको कप्तानी एन्जिला तुम्बापो सुब्बाले गर्ने भएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज प्रि-म्याच कन्फरेन्समा एन्जिलालाई कप्तानीको जिम्मेवारी दिइएको जनाएको छ ।

नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा घाइते भएपछि कुमार थापाले एन्जिलालाई कप्तानीको जिम्मेवारी दिएका हुन् ।  यस्तै समूह ’ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भोलिबाट सुरु हुँदैछ । फाइनल खेल असोज ३ गते हुनेछ  ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

 

 

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १ : ४७ बजे

मध्यभोटेकोशी आयोजनाबाट एक महिनाभित्र १०२ मेगावाट बिजुली

काठमाडौं – चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२

अपाङ्गता भएकाहरूलाई घरमै नागरिकता

तेह्रथुम– जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर

आशा लघुवित्तले १५ प्रतिशत बोनस दिने 

काठमाडौं– आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई  १५ प्रतिशत

वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग

काठमाडौं– अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), विश्व वातावरण कानुन आयोगले

सञ्जीवनी फुटसल प्रतियोगिता : फस्ट स्टेप काठमाडौं च्याम्पियन 

सुनसरी– तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिताको ओपन रिकभरिङ्गतर्फको उपाधि