अलपत्र अवस्थामा तरकारी संकलन केन्द्र | Khabarhub Khabarhub

अलपत्र अवस्थामा तरकारी संकलन केन्द्र


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं १२ मा रहेको तरकारी संकलन केन्द्र निर्माण भएको सात वर्ष बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन ।

युएसएआइडीको सहयोग र टुकी सङ्घ सुनकोसीको सहकार्यमा सञ्चालन भएको सबल कार्यक्रम र सप्रोस नेपालको ३२ लाखको संयुक्त लगानीमा बनेको तरकारी तथा चिस्यान केन्द्र प्रयोगविहीन बनेको छ । तरकारी उत्पादन गर्ने किसानले फलाएको उत्पादनलाई संकलन गर्ने र बजारसम्म पुर्‍याउने, बेमौसमी तरकारी तथा फलफूललाई चिस्यान केन्द्रमा सुरक्षित राख्ने उद्देश्य राखिएको थियो तर यो उद्देश्यअनुसार कुनै पनि काम अघि बढ्न नसकेको स्थानीय कृषक प्रमोद दनुवारले बताए । 

यस्तै जुगल गाउँपालिकाको पाङ्ताङमा रहेको जुगल कृषि संकलन  केन्द्र पनि प्रयोगविहीन बनेको छ । गाउँपालिकाको पाँच लाख र युएनडिपीको एक लाख २० हजार गरी रु छ लाख २० हजार लागतमा निर्माण भएको संकलन केन्द्र प्रयोगमा नआउँदा कृषकले उत्पादन गरेका तरकारी बारीबाटै बिक्री गर्नुपर्ने बाध्यता रहेको स्थानीय जेपी सिलवालले बताए । 

विसं २०७७ मा निर्माण गरिएको कृषि भवन प्रयोगमा आउन नसक्दा झाडीमा परिणत भएको कृषक सुशान्त लामिछानेले बताए । सरकारी तथा गैरसरकारी संस्थाले उपलब्ध गराउने अनुदानको रकमका लागिमात्रै ध्यानमा राखेर निर्माण गरिएको यी तरकारी संकलन केन्द्र एउटा उदाहरण बनेको छ । 

जिल्लाको नवलपुर र ज्यामिरेमा निर्माण गरिएको संकलन केन्द्र पनि प्रयोगमा आउन सकेका छैनन् । जिल्लामा तरकारी संकलन केन्द्र नहुँदा उत्पादन गरेको तरकारीले उचित बजार नपाएको कृषकको गुनासो छ । कृषकले उत्पादन गरेको तरकारी डोकामा बोकेर डुलाउँदै बिक्री गर्नुपर्ने बाध्यता रहेको छ तर निर्माण भएको तरकारी सङ्कलन केन्द्रसमेत प्रयोगमा नआउँदा सास्ती खेप्नुपरेको ज्यामिरेका बालमुकुन्द अधिकारीले गुनासो गरे । 

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ३ : ३२ बजे

नाटकमा डेब्यू गर्दै जीवन लुइँटेल

काठमाडौं – नायक जीवन लुइँटेलले नेपाली फिल्मसँग दूरी बढाएको दशक

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौँ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

काठमाडौं– नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश गरेको

असार १५ःरोपाइँसहित दही-चिउरा खाएर मनाइयो

काठमाडौं – प्रत्येक वर्ष असार १५ गते दहीचिउरा खाएर मनाइने

धान रोप्न ललितपुरको लेले पुगे महानायक हमाल

काठमाडौं – असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै

रामकुमारीको तिखो टिप्पणीपछि एकीकृत समाजवादीमा माधव नेपालविरूद्ध बोल्न निषेध !

काठमाडौं- काभ्रेको साँगास्थित पतञ्जलि योगपीठको जग्गा बिक्री प्रकरणमा भ्रष्टाचार मुद्दा