डेंगु नियन्त्रणका लागि सतर्कता अभियान सञ्चालन  « Khabarhub

डेंगु नियन्त्रणका लागि सतर्कता अभियान सञ्चालन 


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बर्दिबास नगरपालिकाले डेंगु नियन्त्रणका लागि सतर्कता अभियान चलाएको छ । डेंगुका बिरामी धमाधम देखिन थालेपछि नगरपालिकाले सचेतना अभियानलाई जोड दिएको हो । नगर स्वास्थ्य साखाका अनुसार वडा नम्बर ३ मा दुई जना र वडा नम्बर १ मा एक जनालाई डेंगुको लक्षण देखिएको छ । नगरभित्रका बिरामीलाई पहिचान गरी डेंगुको विषयमा अध्ययन सुरू भएको बर्दिबास अस्पतालका इन्चार्ज रामबाबु साहले जानकारी दिए ।

नगरले आइतबार बर्दिबास नगरपालिकाको सभाहलमा जनप्रतिनिधि र सरोकारवाला निकायहरूलाई अभिमुखिकरणका माध्यमवाट डेंगु नियन्त्रणको लागि सचेत गराएको थियो । नगरले पहिलो चरणमा लामखुट्टेको बासस्थान पहिचान गरी नष्ट गर्ने र यथेष्ट मात्रामा यसको नियन्त्रणको लागि जनचेतना अभिवृद्धि गर्ने नगरपालिकाका प्रवक्ता विजय महतोले जानकारी दिए ।

मधेश प्रदेश स्वास्थ्य शाखाका विशेषज्ञ डा। दिपेन्द्र झाले डेंगु जस्तो घातक रोगबाट बच्न सरसफाईमा मुख्यतः ध्यान दिनुपर्ने बताए । एडिज जातको लामखुट्टेको टोकाइबाट लाग्ने उक्त रोग नेपालमा पहिलो पटक सन् २००४ मा देखा परेको थियो । सो समयमा एक जना विदेशी नागरिकमा देखिएको डेंगु अहिले नेपालका ७० जिल्लामा पुगिसकेको छ । विश्वको तथ्यांक हेर्ने हो भने पनि पछिल्लो ५० वर्षमा यो जातको प्रजातिको टोकाइबाट सर्ने डेँगुमा ३० गुणा बढेको देखिएको छ । १२८ भन्दा बढी मुलुकका ३.९ अर्ब मानिस यसको जोखिममा छन् ।

यो रोगका कारण सुरुमा ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने जस्ता लक्षण बाट सुरु हुन्छ । यो रोगबाट मृत्यु समेत हुन सक्ने भएकाले सचेत रहन स्वास्थ्यकर्मीहरूले सुझाव दिए । यसैलाई मध्यनजर गर्दै बर्दिबास नगरपालिकाले लामखुट्टेको बासस्थान पहिचान गरि बिषादी छर्कने र अन्य जिम्मेवारी सम्बन्धित वडालाई दिएको नगरप्रमुख प्रल्हाद क्षेत्रीले जानकारी दिए ।

अझ नगरमा डेंगुका बिरामी देखिसकेको हुनाले थप संक्रमित हुन नदिन तुरुन्त एक्सनमा आउनुपरेको नगरप्रमुख क्षेत्रीको भनाइ छ । यो रोगको मृत्युदर उच्च नभए पनि दोश्रो पटक संक्रमण भए तुलनात्मक रुपमा खतरा हुने चिकित्सक दिपेन्द्र झा बताउँछन् ।

विशेषतः लामखुट्टेको टोकाइबाट नै यो रोग लाग्ने भएकाले जुनसुकै उमेर समुहकोलाई लाग्न सक्ने बताएको छ । एउटा पोथी लामखुट्टेले आफ्नो जीवनकालमा लाखौँ अन्डा पार्ने भएकाले यसको जोखिम अत्याधिक रहेको चिकित्सकहरूको सुझाव छ ।सन् २०१९ मा सुनसरी, मोरङ्ग, झापा, चितवन, कास्की र मकवानपुरमा डेँगु माहामारीको रुपमा फैलिएको थियो । जुनवेला १७ हजार नौ सय ९२ जना यो रोगबाट प्रभावित भएका थिए ।

एक तथ्यांकअनुसार यस वर्ष मात्र २५ सय ३४ जनामा डेंगु भेटिएको छ भने मधेश प्रदेशमा अहिले ७० जना संक्रमित छन् । महोत्तरीमा भने बर्दिबासबाहेक अन्य पालिकाहरूमा डेँगुसँग मिल्दोजुल्दो लक्षण देखिए पनि अहिलेसम्म प्रमाणित नभएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ३ : ४७ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै