नेप्से परिसूचकको ओरालो यात्रा जारी, कारोबार रकम अर्ब पनि पुगेन « Khabarhub

नेप्से परिसूचकको ओरालो यात्रा जारी, कारोबार रकम अर्ब पनि पुगेन


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार दशमलव २९ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७३ दशमलव शून्य एकमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८२ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ९५ मा ओर्लेको छ । कूल दुई सय २४ कम्पनीको २४ लाख ४४ हजार तीन हजार ४४ कित्ता शेयर रु ९० करोड ९९ लाख चार हजार सात सय ५१ बराबर मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । उत्पादन एक दशमलव ८७ र लघुवित्त दुई दशमलव पाँच अङ्कले उकालो लागेको छ ।

बैंकिङ एक दशमलव ३९, व्यापार आठ, होटल तथा पर्यटन आठ दशमलव शून्य पाँच, विकास बैंक १० दशमलव ८३, जलविद्युत् छ दशमलव एक, वित्त नौ दशमलव ८८, निर्जीवन बीमा चार दशमलव ३७, अन्य १५ दशमलव २१, जीवन बीमा पाँच दशमलव शून्य छ, सामूहिक लगानी कोष शून्य दशमलव १३ र लगानी शून्य दशमलव ३२ अङ्कले ओरालो लागेको छ ।

सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ३० अर्ब छ करोड ५५ लाख ७८ हजार तीन सय ७७ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ९६ लाख ९४ हजार सात सय २१ बराबरको कारोबार भयो ।

यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स रु चार करोड ५९ लाख ७८ हजार छ सय ६४, नवील बैंक रु चार करोड ५६ लाख ५५ हजार पाँचसय ८६, नेष्डो समृद्धि लघुवित्त रु दुई करोड ८५ लाख सात हजार पाँच सय ५१ र नेपाल दूरसञ्चार कम्पनी रु दुई करोड २३ लाख १७ हजार चार सय ६६ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

मैलुङ खोला जलविद्युत् कम्पनी सात दशमलव ४३, हिमालयन एभरेष्ट इन्स्योरेन्स तीन दशमलव ९३, रिडी हाइड्रोपावर तीन दशमलव २३, अप्पर सोलु खोला हाइड्रो दुई दशमलव ९२ र ग्रीन भेञ्चर्स लिमिटेडका लगानीकर्ताले दुई दशमलव ८७ प्रतिशतले कमाएका छन् । त्यस्तै रुरु जलविद्युत् परियोजना छ दशमलव ५५, आशा लघुवित्त तीन दशमलव ६६, जोशी हाइड्रोपावर तीन दशमलव शून्य चार, एनएमबी आइब्रिड फण्ड एक दुई दशमलव ७७ र ओरियन्टल होटलका लगानीकर्ताले दुई दशमलव ७४ प्रतिशतले गुमाएका छन् । –

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ४ : २८ बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र