कांग्रेस नवलपरासीबाट विनोद चौधरीको नाम सिफारिस | Khabarhub Khabarhub

कांग्रेस नवलपरासीबाट विनोद चौधरीको नाम सिफारिस


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट अर्बपति विनोद चौधरीको नाम सिफारिस गरेको छ । चौधरीसहित कांग्रेसले नवलपरासी क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम उम्मेदवारका सिफारिस गरेको हो ।

देवकरण कलवार, विक्रम खनाल, कुलदीप आचार्य र उषा बास्तोलाको नाम सिफारिस गरिएको कांग्रेस नवलपरासीले जानकारी दिएको छ । यसैगरी क्षेत्र नम्बर २ मा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलको नाम सर्वसम्मत सिफारिस भएको छ ।

प्रदेश सभा सदस्यतर्फ १ (क) बाट विश्व प्रेम पाठक र (ख) मा मुकुल आचार्य छनोट भएका छन् । क्षेत्र नम्बर २ (क) मा मोहन शर्मा र (ख) मा बैजनाथ कलवार र नगेन्द्र अग्रहरीको नाम सिफारिस गरिएको काँग्रेस नवलपरासीले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : ०१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’