लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

लागूऔषधसहित दुई जना पक्राउ


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी बेनी नगरपालिका वडा नम्बर ७ का वर्ष २१ का सुरेश घर्ती मगर र धौलागिरी गाउँपालिका वडा नम्बर १ का वर्ष ३१ का नगेन्द्र थापा रहेका छन् ।

आइतबार लागूऔषध बोकेर पोखरा आउँदै गर्दा उनीहरू पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरूको साथबाट लागूऔषध डाइजापाम ५६ एम्पुल, फेनेरागन ५६ एम्पुल, नुर्फिन ५६ एम्पुल गरी जम्मा १६८ एम्पुल बरामद भएको कास्की प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ८ : ४२ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ