लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

लागूऔषधसहित दुई जना पक्राउ


२० भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी बेनी नगरपालिका वडा नम्बर ७ का वर्ष २१ का सुरेश घर्ती मगर र धौलागिरी गाउँपालिका वडा नम्बर १ का वर्ष ३१ का नगेन्द्र थापा रहेका छन् ।

आइतबार लागूऔषध बोकेर पोखरा आउँदै गर्दा उनीहरू पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरूको साथबाट लागूऔषध डाइजापाम ५६ एम्पुल, फेनेरागन ५६ एम्पुल, नुर्फिन ५६ एम्पुल गरी जम्मा १६८ एम्पुल बरामद भएको कास्की प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ८ : ४२ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा