प्रकोप व्यवस्थापनमा चुकेको भन्दै पाकिस्तानमा सरकारविरोधी प्रदर्शन « Khabarhub

प्रकोप व्यवस्थापनमा चुकेको भन्दै पाकिस्तानमा सरकारविरोधी प्रदर्शन


२० भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारी वर्षासँगैको बाढी र पहिरो जस्ता प्रकोपको उचित व्यवस्थापन गर्न नसकेको भन्दै पाकिस्तानमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

पाकिस्तानको पञ्जाब प्रान्तका विद्यार्थीहरुले सरकारले प्राकृतिक प्रकोपको उचित व्यवस्थापन गर्न नसकेको भन्दै विद्यार्थीहरुले प्रदर्शनको आयोजना गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

डनका अनुसार पञ्जाब प्रान्तका डेरा गाजी खान र रञ्जनपुर जिल्लामा विद्यार्थीहरु प्रदर्शनमा उत्रेका हुन् ।

प्रदर्शनमा पञ्जाब विश्वविद्यालय र किङ एडवर्ड चिकित्सा विश्वविद्यालयका विद्यार्थीहरु सहभागी रहेको जनाइएको छ ।

पाकिस्तानमा आएको बाढीबाट हालसम्म १३ सयभन्दा धेरैको ज्यान गइसकेको छ भने अरु लाखौँ मानिसहरु प्रभावित भएका छन् । पाकिस्तान सरकारले बाढीपीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको छ ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ७ : ४३ बजे

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६