रेन्जर्सलाई हराउँदै लिभरपुलको सहज जित « Khabarhub

रेन्जर्सलाई हराउँदै लिभरपुलको सहज जित


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार दोस्रो जित निकाल्ने क्रममा लिभरपुलले च्याम्पियन्स लिगमा मंगलबार रेन्जर्सलाई २-० ले हराएको छ ।  समूह ए अन्तर्गतको खेलमा लिभरपुलको जितमा ट्रेन्ट एलेक्जेन्डर अर्नोल्ड र मोहम्मह सलाहले समान एक गोल गरे ।

खेलको सातौँ मिनेटमा एलेक्जेन्डर अर्नोल्डको फ्रिकिक गोलमा लिभरपुलले अग्रता लिएको थियो । ५३औं मिनेटमा सलाहले पेनाल्टीको सदुपयोग गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए । 

समूह ‘ए’ मा लिभरपुल तीन खेलमा दुई जित र एक हारपछि ६ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको नेपोली भन्दा तीन अंक कम हो । लिभरपुल समूहको पहिलो खेलमा नेपोलीसँग ४-१ ले पराजित भएको थियो । तेस्रो स्थानको आयाक्सको तीन अंक छ भने चौथो स्थानको रेन्जर्सले अंक खाता खोल्न सकेको छैन । 

यता, नेपोलीले आयाक्समाथि ६-१ को फराकिलो जित निकाल्यो ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ९ : २७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्