डेङ्गु नियन्त्रणका लागी  सचेतना अभियान  « Khabarhub

डेङ्गु नियन्त्रणका लागी  सचेतना अभियान 


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- अर्घाखाँचीमा डेङ्गु सङ्क्रमण तीव्रगतिमा फैलिन थालेपछि सचेतना अभियान थालिएको छ। सदरमुकाम सन्धिखर्क तथा आसपासका क्षेत्रमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण दर बढ्दै गएपछि सचेतना अभियान थालिएको हो ।

जिल्ला सुरक्षा समितिको आयोजनामा डेङ्गुको रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँग अन्तरक्रिया गरिनाका साथै जिल्ला प्रहरी कार्यालयले विभिन्न सचेतनामूलक गीत सङ्गीत प्रस्तुत गरेको थियो । ट्राफिक प्रहरीका रणपाल सेनले ‘सुत्नेबेला नगरौँ भुल पनि, सबले घरमा लगाऔँ है झुल पनि’ बोलको गीत प्रस्तुत गरेको थियो । सन्धिखर्क नगरपालिकाका जनस्वास्थ्य निरीक्षक धर्मराज पन्थीले डेङ्गु सर्ने कारण, त्यसको लक्षण तथा रोकथामका उपायका बारेमा जानकारी गराएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले चाडबाड नजिकिएसँगै डेङ्गुको सङ्क्रमणको जोखिम झन बढ्ने भएकाले यसको रोकथामका लागि सबै सचेत हुनुपर्ने बताए । सङ्क्रमण फैलिएका जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यकताअनुसार सङ्क्रमण नियन्त्रण अभियान सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले उल्लेख गरे । 

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, शितगङ्गा नगरपालिकाका प्रमुख छविलाल पौडेल, भूमिकास्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बञ्जाडे, प्रहरी प्रमुख डीएसपी मुकुन्द रिजाल, विभिन्न कार्यालयका प्रमुख, सरोकारवाला तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  १० : ०५ बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज