शान्ति र समृद्धिको प्रतिक दसैँको टीका जमरा « Khabarhub

शान्ति र समृद्धिको प्रतिक दसैँको टीका जमरा

‘अंकुरित जौ सम्पुर्ण आहार र औषधीमध्ये सर्वोत्कृष्ट खाद्यपदार्थ हो’



काठमाडौँ : आज टीका, दसैंंको मुख्य दिन । परिवारका ज्येष्ठ सदस्यवाट टीका जमरा र आशीर्वाद लिनु दसैंको मुख्य विशेषता मानिन्छ । सामान्यतया, वर्षभरि विभिन्न कामले देश विदेशमा रहे पनि दसैंमा भने घरमा भेला भई मिठो परिकार खाने र आशीर्वाद आदानप्रदान गर्ने गरिन्छ ।

गाउँमा आफन्तजनको बाक्लो उपस्थिति भइसकेको छ । कोशेली लिएर आफन्तकोमा जानेको पनि लर्को लागेको देख्न सकिन्छ । पहिलेको बर्ष कोरोनाको कारण चहलपहल कम भए पनि यो बर्ष कोरोना महामारी नभएकाले पनि चहलपहल बढेको छ ।

टीकाको महत्व
दशैंमा आफुभन्दा ठूला मान्यजन र आफन्तबाट आशीर्वाद लिन निधारमा टिका थापिन्छ । यसरी मान्यजनले आशिष दिदै लगाइदिने टिकाको पनि निकै अर्थपूर्ण महत्व छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ ।

यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि संकेत गर्छ। टिका जसलाई अक्षता पनि भनिन्छ । गाईको दुधको दही, चिनी, जिठोको रातो रंगमा मिश्रण गरिएको चामलको टिका निधारको मध्यभाग आज्ञा चक्रमा लगाइन्छ । यो दुबै आँखीभौंको माझमा हुन्छ । यसलाई तेस्रो नेत्र अर्थात तेस्रो आँखा भनिन्छ । आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो । यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्छ ।

यसको अर्थ ठूलाबडा, मान्यजनले हामीलाई धन, बुद्धि, स्वास्थ्य सबैकुराले सर्वसम्पन्न बन्न प्रेरित गर्दै त्यसका निम्ति तेस्रो आँखा खुला राख भनेको हो । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो टिका शान्ति एवं समृद्धिका प्रतीक हुन्, भनिन्छ ।

यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध चेतनायुक्त तुल्याउँछ भन्ने बिश्वास गरिन्छ । आफ्नो घरमा टीका लगाएर आफन्तजनहरुकोमा पनि टीका ग्रहण गर्ने चलन छ। टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको दशैं चाडको अन्त्य हुन्छ ।

दशैंमा जमराको महत्व
दशैंमा टीका लगाइदिने र जमरा राखिदिने चलन छ । घटस्थापनाको दिन राखेको जौको जमरा टीका थाप्नेको टोपी भित्र,टाउकोमा कपालभित्र वा कानमा आशीर्वाद दिदै राखिन्छ । जमरा राख्ने यसको आफ्नै खास विधि छ । मन्त्र छ।अँध्यारो स्थान, जहाँ सूर्यको प्रकास आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ ।

धर्मशास्त्रहरुले यसलाई समृद्धिको प्रतीक मानिएका छन् । संस्कृतमा यव भनिने जौको जमरा खासमा भन्ने हो भने पौष्टिक खाद्यपदार्थ हो । जौलाई स्वास्थ्यका दृष्टिले पनि औषधी मानिन्छ । यसमा कार्बोहाइड्रेड, प्रोटिन र भिटामिनहरु पाइन्छ । जमरा वा यसको रस निकै स्वास्थ्यबर्द्धक मानिन्छ ।

वैदिक ग्रन्थहरुमा जौलाई रोग हटाउने यज्ञ यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्न अन्नका रुपमा लिइएको छ । पौराणिक ग्रन्थहरुमा पनि यवोसि धान्यश भनेर जौलाई अन्नको राजा मानिएको छ । गीतामा भगवान श्रीकृष्णले पनि औषधिनामहं यवः अर्थात औषधीहरुमा म जौ हुँ भन्नुभएकाले पनि यसको महत्त्व पुष्टि हुन्छ ।

चिकित्सकहरुका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्न हो भने उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोगमा फाइदा मिल्छ । जमराको रसको सेवनले सौन्दर्यता समेत निखार ल्याउँछ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरुलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले शरीरमा चाँडै शक्तिसञ्चार हुने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् ।

गाउँघरमा अझै पनि दसैंको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अनुसन्धानअनुसार अंकुरित जौ सम्पुर्ण आहार र औषधीमध्ये सर्वोत्कृष्ट खाद्यपदार्थ हो ।

भारतीय चिकित्सकहरुले पनि जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरुको सफल उपचार गरिसकेका छन् । प्रशस्त औषधीय गुण पाइने हुनाले पनि अंकुरित जौलाई सांकेतिक रुपमा विजयादशमीको प्रसादका रुपमा ग्रहण गरिन्छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  १० : ४० बजे

दुर्गा प्रसाईंको पक्षमा कांग्रेस नेता दीपक खड्का, पटक पटक पक्राउप्रति सरकारमाथि उठाए प्रश्न

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्काले संविधानले सुनिश्चित गरेका नागरिक

शेर मल्लको डेब्यु, पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाएर इङग्ल्याण्डविरुद्ध मैदान उत्रिँदै

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्लले

विराटनगरमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न

विराटनगर– विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत तहका विद्यार्थीलाई लक्षित गर्दै अन्तरविद्यालय

नेपाली टोली मैदानमा उत्रिनुअघि फ्यानहरूको उत्साह (तस्बिरहरू)

काठमाडौं- टी-२० क्रिकेट विश्वकप अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेल हेर्न नेपाली समर्थकहरू वानखेडे

इंग्लाण्डसँग खेल्नुअघि नेपाली टोलीको वार्मअप (तस्बिरहरू)

काठमाडौं– तेस्रो पटक आईसीसी विश्वकप खेलिरहेको नेपालले आज आफ्नो पहिलो