नेपालभाषा साहित्य तःमुज्या आगामी शुक्रबार र शनिबार « Khabarhub

नेपालभाषा साहित्य तःमुज्या आगामी शुक्रबार र शनिबार


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भक्तपुर –  प्रत्येक वर्ष दसैंमा हुँदै आएको नेपाल भाषा साहित्य तःमुंज्या (सम्मेलन) यो पटक २१ र २२ असोज (शुक्रबार र शनिबार) दुई दिन हुने भएको छ।

जनता म्वासा भाषा म्वाई (जनता रहे भाषा रहन्छ) भन्ने नाराका साथ फरक फरक वर्षमा भक्तपुर नगरका फरक फरक खुल्ला स्थानमा बृहत रुपमा हुँदै आएको सम्मेलनको ४२औं  श्रृंखला यो वर्ष भक्तपुर नगरपालिका वडा नं १ भार्वाचो भक्तपुरमा हुने भएको हो।

४२औं  नेपालभाषा साहित्य तःमुज्या (सम्मेलन) का आयोजक समितिका संयोजक एवं भक्तपुर नगरपालिका-१ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले पहिलो दिनको सभापति शिक्षक ज्ञानसागर प्रजापति र दोस्रो दिनको सभापति भक्तपुर सूर्यविनायक नगरपालिकाकी चानुमति खुलीमुली रहने जनाइएको छ। कार्यक्रमको प्रमुख अतिथि भने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें रहने जनाइएको छ।

कार्यक्रममा नयाँ पुराना साहित्यकारले विभिन्न भाषामा आफ्ना रचना वाचन गर्ने कार्यक्रम राखिएको छ। कथा, कविता, निबन्धलगायतका विधाहरुमा प्रतियोगी तथा अप्रतियोगी रचना दुवै दिन वाचन गरिनेछ।

दुवै दिन दिनभर हुने सम्मेलनको क्रममा रातको समयमा भने प्रतियोगी नाटक, ख्याल (प्रहसन) हरु देखाइने छन्। दुवै दिन विशिष्ट क्षेत्रका विशिष्ट व्यक्तिबाट मन्तव्यको कार्यक्रम पनि राखिएको छ। राजनिज्ञ, साहित्यकार, पत्रकार, वकिल, जलश्रोतविज्ञ, कानुनविद्लगायतबाट मन्तव्यको कार्यक्रम पनि राखिएको छ। साथै, बीचबीचमा नृत्य पनि देखाइने छ।

प्रतियोगिताको क्रममा उत्कृष्ट साहित्यकार, कलाकार तथा लेखकलाई पछि छुटै कार्यक्रम गरी पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने कार्यक्रम राखिएको छ। नेपालभाषाको साहित्य क्षेत्रलाई अगाडि बढाउन सहयोग गर्ने उद्देश्यले प्रत्येक वर्ष दसैमा यो कार्यक्रम चल्दै आएको छ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  २ : ०९ बजे

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित

बाढीसँगै बिलाए खरिदारमा नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष

चितवन– सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई