पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने मुख्य सडकमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध « Khabarhub

पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने मुख्य सडकमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने मुख्य सडकमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको छ ।

दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पाङ्ग्रेमा पहिराले यातायात सेवा अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी लेखनाथ पुरीका अनुसार लगातारको वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेको छ ।

सडक अवरुद्ध भएपछि बौदिकाली र बुलिङ्गटार गाउँपालिकाको यातायात सेवा ठप्प भएको छ ।

दललदलेबाट पहाडी क्षेत्रका लागि छुटेका र पहाडी क्षेत्रबाट दलदलेतर्फ आउँदै गरेका सवारीसाधन पाङ्रग्रेमा थन्किएका छन् । दसैँमा टीका थाप्न हिँडेका सयौँ यात्रु पैदल नै आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

उक्त क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ । पहिरो झर्ने क्रम नरोकिएकाले सडक पुनः सञ्चालनमा कठिनाइ भएको पुरीले बताए ।

यसैबीच राइकोटबाट दलदलेका लागि छुटेको गण्डकी प्रदेश–०४–००१ ज ००६ नम्बरको जिप पहिरोमा परेको छ । जीपमाथि पहिरो खसे पनि त्यसमा सवार यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ८ : २० बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच