तनहुँको भीमाद नगरपालिकामा एक विद्यालय, एक कम्प्युटर अभियान सञ्चालन « Khabarhub

तनहुँको भीमाद नगरपालिकामा एक विद्यालय, एक कम्प्युटर अभियान सञ्चालन


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तनहुँको भीमाद नगरपालिकाले एक विद्यालय, एक कम्प्युटर अभियान सञ्चालन गरेको छ । सो अभियानअन्तर्गत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि नगरपालिकाभित्र रहेका ४३ विद्यालयलाई कम्प्युटर वितरण गरिएको छ ।

नगरपालिकाभित्र ४३ सामुदायिक तथा १२ संस्थागत विद्यालय सञ्चालनमा रहेको भीमाद नगरपालिकाकी सूचना अधिकारी टेकावती ढकालले जानकारी दिइन् । सामुदायिक विद्यालयका सबै शिक्षक शिक्षिकालाई तालिम प्रदान गरेपछि कम्प्युटर उपलब्ध गराएको हो ।

नरपालिकाका जनज्योति र सिद्धार्थ माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षाको पढाइसमेत हुन थालेको छ । नगरपालिकाका दुई आधारभूत र एक माध्यमिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चारकोठे भवन निर्माण गरिएको छ ।

सामुदायिक विद्यालयको अनुगमन एवं नियमन कार्यलाई प्रभावकारी बनाई सरकारी नीति नियमको पूर्ण पालना गर्न जिम्मेवार बनाइएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए ।

प्रारम्भिक बालविकास केन्द्रलाई विद्यालय शिक्षाको अभिन्न अङ्गको रुपमा विकास गरी आवश्यकताका आधारमा सिकाई वातावरण सुधार, सहजकर्ताको क्षमता विकास एवं प्रोत्साहनको व्यवस्था मिलाइएको छ ।

विद्यालय तहदेखि खेल प्रतिभा प्रस्फुटनको वातावतरण सिर्जना गर्न विद्यालयस्तरीय खेलकुदलाई प्रोत्साहन गर्नुका साथै मेयर कप प्रतियोगितालाई निरन्तरता दिइएको उनले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ९ : ०० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने