कालीकोटका गाउँ-गाउँमा दलका चुनावीसभा « Khabarhub

कालीकोटका गाउँ-गाउँमा दलका चुनावीसभा


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मान्म – आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गर्दै कालीकोटका राजनीतिक दलले गाउँ गाउँमा चुनावीसभा गर्न थालेका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा(एमाले), एकीकृत समाजवादी र अन्य राजनीतिक दलले गाउँ गाउँमा राजनीतिक दल चुनावीसभालाई तीव्रता दिएका हुन्।

कालीकोटमा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा(एमाले), वीपी कांग्रेस, नेपाल मजदुर किसान पार्टी, राप्रपा नेपाल र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। आफ्नो पक्षमा मत माग्न ती दलले गाउँ गाउँमा भेलालाई तीव्रता दिएका हुन्। अहिले जिल्लाभर पालिकास्तरको भेला चलिरहेको र टोलटोलमा पनि कार्यक्रम सञ्चालन भइरहेको माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक लक्ष्मीप्रसाद चौलागाईले जानकारी दिए। “गठबन्धनमा रहेका दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल जनता समाजवादीले संयुक्त निर्वाचन परिचालन समिति बनाएर पालिका, वडा र टोलस्तरमा चुनावी भेला गरिरहेका छन्” उनले भने, “मौन अवधि सुरु नहुँदासम्म हामीले चुनावी अभियानलाई तीव्रता दिने सोच बनाएका छौँ।”

एमालेले अहिले पहिलो चरणको भेटघाट कार्यक्रम सकेर पालिका र टोलस्तरमा भेला गरिरहेको उक्त पार्टीका जिल्लाअध्यक्ष जसीप्रसाद पाण्डेले बताए। “हाम्रा उम्मेदवारले घरदैलो भेटघाटका साथै चुनावी अभियानका रुपमा भेला गरिरहेका छन्।” उनले भने, “मतदातामा हामी पार्टीको एजेण्डासहित पुगिरहेका छौँ।”

राप्रपा नेपालले पनि जिल्लामा अहिले चुनावी प्रचारप्रचार गर्दै आइरहेको उम्मेदवार धनबहादुर बुढाले बताए। “हामीले जिल्लामा मतदाताका समस्या र गुनासो सुन्नाका साथै चुनाव लक्षित आमसभा गर्दै आएका छौँ,” उनले भने, “जिल्लाभर नै हाम्रा पार्टीका नेता तथा कार्यकर्ता परिचालन भएका छन्।”

जिल्लामा प्रतिनिधिसभाका लागि गठबन्धनबाट माओवादीका महेन्द्रबहादुर शाही, एमालेबाट नगिन्द्र शाही, कांग्रेस वीपीबाट पार्टीका संस्थापक सभापति पङ्खबहादुर विष्ट, नेमकिपाबाट जिल्ला अध्यक्ष खड्कराज शाही, राप्रपाका धनबहादुर बुढा र स्वतन्त्ररुपमा माओवादीका लेखा आयोगका पूर्वसदस्य काशीचन्द्र बराल, कांग्रेसका पुराना नेता धनप्रसाद पाण्डेको उम्मेदवारी छ।

त्यस्तै प्रदेशसभाका लागि १ (क) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दुर्गबहादुर रावत, एमालेका कुर्मराज शाही, राप्रपाका सूर्यबहादुर शाही र नेमकिपाका रवीन्द्र शाही उम्मेदवार रहेका छन्। प्रदेशसभा (ख) मा गठबन्धनका तर्फबाट कांग्रेसका हिक्मतबहादुर विष्ट, एमालेका वीरेन्द्रबहादुर बोगटी, नेमकिपाका जनकबहादुर विष्ट, कांग्रेस वीपीका कर्णबहादुर विष्ट, एकीकृत समाजवादीका विश्वराज बम र स्वतन्त्रबाट लक्ष्मण बमले उम्मेदवार छन्।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ८ : ५० बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना