अमेरिकी सुरक्षा सल्लाहकार सुलिभान र युक्रेनी राष्ट्रपतिबीच भेटवार्ता « Khabarhub

अमेरिकी सुरक्षा सल्लाहकार सुलिभान र युक्रेनी राष्ट्रपतिबीच भेटवार्ता


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

वाशिङ्गटन – अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कीभमा भेटवार्ता गरेका छन् । जारी रुसी आक्रमणका बीचमा अमेरिकाले ४०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता प्याकेजको घोषणा गरेको छ।

“राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्माक, रक्षा मन्त्री रेज्निकोभ र अन्य नेताहरूसँग आज कीभमा भेटवार्ता गरेको र युक्रेन र त्यहाँका जनतालाई संयुक्त राज्य अमेरिकाको दृढ समर्थन रहेकोमा पुनः जोड दिइएको छ” राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले सुलिभानले थप ४०० मिलियन अमेरिकी डलरको सुरक्षा सहायता प्याकेज घोषणा गरेको र त्यस सहायता प्याकेजमा नवीकरण गरिएको टी-७२ ट्याङ्कहरू, मानवरहित हवाई वाहनहरू र विभिन्न सैन्य सामग्री हस्तान्तरण गर्नु भएको बताए ।

अमेरिकी सुरक्षा सल्लाहकारले पनि उनीहरूले आर्थिक र मानवीय सहायता जारी राख्ने र रुसलाई आक्रमणका लागि जवाफदेही बनाउन साझेदारहरूसँग जारी प्रयास जारी राख्ने जनाए।

यसअघि अमेरिकाले रुस–युक्रेन युद्धको बीचमा क्यालिफोर्नियाको टेट्रा टेक इन्कलाई ४७.६ मिलियन अमेरिकी डलर दिएर युक्रेनमा माइनिङ तालिम परियोजना शुरु गरेको थियो।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १२ : ४८ बजे

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना

चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

बनेपा– आगामी बडादसैँ, दीपावली र छठलगायतका चाडपर्वलाई लक्षित गरी जिल्लाका

कांग्रेस सभापतिमा उम्मेदवारी दिने किशोरसिंह राठौरको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने

किर्तिपुर क्राउन्सलाई यू–१९ गर्ल्स बास्केटबलको उपाधि

काठमाडौँ– यू–१९ गर्ल्स बास्केटबल लिगको उपाधि किर्तिपुर क्राउन्सले जितेको छ।

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।