‘जनतामाझ विश्वास लिएर जान्छौँ’ « Khabarhub

‘जनतामाझ विश्वास लिएर जान्छौँ’


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– लोकतान्त्रिक वाम-गठबन्धनका तर्फबाट चितवन क्षेत्र नं ३ मा उम्मेदवार बनेका नेताले जनताकामाझ विश्वास लिएर जाने बताएका छन् । आज यहाँ पत्रकारसँगको अन्तरक्रियामा प्रतिवद्धतापत्र र जनताको विश्वासका आधारमा निर्वाचन जित्ने उनीहरूले दाबी गरेका हुन् । नेकपा माओवादीका तर्फबाट चितवन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा भोजराज अधिकारीले किसानको धान थन्काउने समय भएकाले निर्वाचनमा माहोल बन्न कठिन भएको बताए । 

निर्वाचनका लागि पार्टीको वडा तहबाट समेत कार्यक्रम सञ्चालनमा ल्याइएको उनको भनाइ थियो । चितवन क्षेत्र नं ३ लोकतान्त्रिक वाम–गठबन्धनको राम्रो क्षेत्र भएकाले जित सुनिश्चित भए पनि अझै मेहनत आवश्यक रहेको उनले बताए । डा अधिकारीले भने, ‘राजनीतिक पाटीभित्र अनुशासन र जनताको विश्वासले निर्वाचित परिणाम आउनेछ ।’

गठबन्धनबाट प्रदेश ३ ९१० का उम्मेदवार बनेका प्रा.डा  सूर्यकान्त घिमिरेले दलभित्रको अनुशासन नै मुख्य करिडोरका रुपमा रहेको बताए । निर्वाचनमा मतदाता कता जान्छन् भन्ने कुरा सञ्चारमाध्यमका हातमा रहेकाले लोकतान्त्रिक वाम-गठबन्धनका पक्षमा सहयोग गर्न उनले आग्रह गरे।

क्षेत्र नं ३ ९२० का उम्मेदवार ठाकुर ढकालले देश रूपान्तरणका लागि वाम-गठबन्धन आवश्यक रहेको बताए । जनताको हित र संविधान, लोकतन्त्रको रक्षाका लागि गठबन्धनको जित आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा जिल्ला नेताहरूले आम नेता कार्यकर्तामा पार्टीको अनुशासनभित्र रहन अपिलसमेत गरेका छन् । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले विषम परिस्थितिमा गठबन्धन बनेकाले यसलाई जोगाउनु कांग्रेस नेता तथा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताए । व्यक्तिगत स्वार्थभन्दा पनि लोकतन्त्र र संविधानको रक्षाका लागि बनेको गठबन्धन भएकाले गठबन्धनको मर्मभन्दा बाहिर गएर काम गर्न नसकिने उनको भनाइ छ । 

माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले माओवादीभित्रका समस्या समाधान भइसकेकाले निर्वाचनमा लाग्न सबैलाई आग्रह गरे। पार्टीभित्रका नेता कार्यकर्ताबीचको एकताले निर्वाचनलाई अघि बढाउँदै गएको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १ : २१ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको