कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीलाई अस्थायी मतदान केन्द्र « Khabarhub

कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीलाई अस्थायी मतदान केन्द्र


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बागलुङ– कारागारका कैदीबन्दी र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले बताए । चुनावमा नखट्ने कर्मचारी, सुरक्षाकर्मीलगायतले जिससमा रहने अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने उनको भनाइ छ ।

‘चुनावमा खटिनुभएका कर्मचारी, सुरक्षाकर्मीले सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्छन् भने बाँकीले सदरमुकाममा तोकिएको अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ’, जिल्ला निर्वाचन अधिकारी रिजालले भने। उनका अनुसार त्यसरी मतदान गर्नेले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन् । अस्थायी मतदान केन्द्रमा तीनजना कर्मचारी खटिनेछन् । जिल्लाभर स्थायी मतदान केन्द्रको सङ्ख्या भने दुई सय ३१ रहेको छ । मतदानस्थल एक सय छवटा छन् ।

मतदानको दिन आउन १५ दिन बाँकी रहँदा राजनीतिक दलदेखि निर्वाचन आयोग र सम्बद्ध निकाय चुनावको तयारीमा जुटेका छन् । दल र उम्मेदवार मतदाता रिझाउन तल्लीन छन् । सुरक्षा योजनालगायत चुनावको व्यवस्थापकीय तयारीका कामलाई पनि तीव्र पारिएको छ । मतदान र त्यसपूर्व चाहिने सबै निर्वाचन सामग्री जिल्लामा आइपुगेको निर्वाचन कार्यालयले जनाएको छ ।

कर्मचारी, सुरक्षाकर्मीको खटनपटन, तालिमलगायतका काम भइरहेको छ । मतदाता शिक्षाका लागि वडास्तरमा स्वयम्सेविका खटिएका छन् । सबै मतदान केन्द्रमा गरी १८ सय ५७ जना कर्मचारी र नौ सय ३० स्वयम्‌सेवक खटिनेछन् । एउटा मतदान केन्द्रमा आठजना कर्मचारी परिचालन गरिनेछ । 

संघतर्फ दुई निर्वाचन क्षेत्र रहको यस जिल्लामा कुल एक लाख ९२ हजार दुई सय २६ मतदाता छन् । १ नं क्षेत्रमा ९६ हजार ६ सय ६५ र २ नं मा ९५ हजार पाँच सय ६१ मतदाता छन् । प्रदेशतर्फ १ को ९१० मा ५० हजार पाँच सय ८० र ९२० मा ४६ हजार ८६ मतदाता रहेका छन् । २ ९१० मा ५४ हजार तीन सय ३४ र २ ९२० मा ४१ हजार दुई सय २७ मतदाता छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि दलका केन्द्रीयस्तरका नेतासहित जिल्लाका ३१ उम्मेदवार चुनावी मैदानमा छन् । 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १ : ३३ बजे

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय