बुद्धपार्कमा पर्यटकको चहलपहल बढ्यो « Khabarhub

बुद्धपार्कमा पर्यटकको चहलपहल बढ्यो


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको चौतारास्थित बुद्धपार्कमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । चारैतिर सुन्दर देखिने पहाडका बस्ती र चिटिक्क देखिने सदरमुकाम चौतारा बजार नजिकै रहेको बुद्धको प्रतिमासहितको पार्कबाट देखिने प्राकृतिक सुन्दरताले धेरैको मन लोभ्याउने गरेको छ ।

शान्तिको प्रतीक बुद्धलाई डाँडाकाँडाले घेरिएको प्राकृतिक सुन्दरता, हरियो वातावरणमा बादलले छोपिएको सुन्दर पहाड र बस्ती, जिल्ला सदरमुकाम चौताराको पर्यटकीय बुद्धपार्क प्रकृति र बौद्ध संस्कृतिको ध्वजापताकाले सिङ्गारिएको छ । घना जङ्गलबीच दारेगौँडाको पानी ट्याङ्की  डाँडामा हजार सिडी चढेपछि भगवान् गौतमबुद्धको प्रतिमासहितको बुद्धपार्कमा पुगिन्छ । 

हरिया पहाड र मौसम खुलेको दिनको नीलो आकासले धेरैको मन लोभ्याउने गरेको छ । २०७८ सालमा निर्माण गरिएको  यस पार्कमा अहिले दैनिक सयौँ सङ्ख्यामा अवलोकनकर्ताहरू पुग्ने गरेको स्थानीय होटल व्यवसायी रामचन्द्र गौतमले जानकारी दिए । पर्यटकको चहलपहलसँगै स्थानीय व्यवसायीमा उत्साह थपिएको छ । पार्कको निर्माण भएसँगै पर्यटक लक्षित पूर्वाधारले गति लिएको छ । त्यस्तै चौतारा आउने पर्यटकका लागि यो पार्क छुटाउनै नहुने गन्तव्यका रुपमा विकास गरिएको  चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए । 

बुद्धपार्क र आसपासमा बन्दै गरेका पूर्वाधारले पर्यटकको सङ्ख्या अझै बढ्न सक्ने सापकोटाको अनुमान छ । बुद्धपार्कले छोटो समयमा पर्यटक तान्न थालेको स्थानीय सन्तोष भण्डारी बताउँछन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  २ : ५० बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री